१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o९:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कोभिड–१९ विरुद्ध नेपाल–भारत सहकार्य आवश्यक : अर्थमन्त्री

अर्थमन्त्री पौडेल र नेपालका लागि भारतका राजदूत क्वात्राबीच शिष्टाचार भेट, कोभिडविरुद्ध सहकार्य गर्न जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:१६:oo

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्ध नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको बताएका छन् । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रासँग बुधबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

अर्थमन्त्रीले भूकम्पपश्चात्को पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगका लागि धन्यवाद दिँदै कोभिडविरुद्ध पनि सहकार्यमा जोड दिए । उनले कोभिड–१९ विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउँदै यसमा सहकार्यको आवश्यकता रहेको बताए । अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद पनि दिए ।

अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड–१९ को महामारी नियन्त्रणलगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

उक्त भेटमा राजदूत क्वात्राले अर्थमन्त्री पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । उनले नेपाल र भारतबीच धेरै पुरानो सम्बन्ध भएको उल्लेख गर्दै भारत सरकारले नेपालसँग सहकार्य गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिनेसमेत बताए ।

ad
ad