१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

शक्तिपीठमा दुर्गा माताको खोइछ भरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:१८:oo

विजयादशमीको अवसरमा सिराहासहित मिथिलाञ्चल क्षेत्रका देवी भगवतीको शक्तिपीठमा खोइछ भरिएको छ ।

विशेषगरी तराई मधेसका जिल्लामा विभिन्न देवी शक्तिपीठ एवं दुर्गाको प्रतिमा स्थापित गरिएको मन्दिरमा ‘खोइछ’ भर्ने कार्य सुुरु हुन्छ ।

दसैँको सप्तमी तिथिका दिनदेखि भाकल पूरा भएका विवाहिता महिलाले विभिन्न प्रकारका शृगारका सामान, फलफूल, नौवैद्य, चुनरी, लड्डु, पान, सुपारीलगायतका पूजा सामग्रीसहित खोइछ भर्ने प्रचलन छ । महिलाले विशेष रूपमा पूजा गर्ने कार्यलाई खोइछ भनिन्छ ।

खोइछ नभरुन्जेल उपवास बस्नुपर्ने नियम छ । माताको खोइछ भरिसकेपछि व्रतालु महिलाले खाना खाने गर्छन् ।

मिथिलाञ्चलमा नवविवाहिता महिलालाई माइतीबाट बिदाइ गर्ने क्रममा आफ्नो कुलदेवतालगायत सम्पूर्ण परिवारको आशीर्वादस्वरूप खोइछ दिइने परम्परा छ ।

त्यहीअनुसार दुर्गा भवानीलाई भाकल पूरा भएका विवाहित महिलाले आशीर्वादको कामनास्वरूप खोइछ भर्ने परम्परा रहँदै आएको छ ।

 

ad
ad