१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १३:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सवारी दुर्घटनामा काठमाडाैं उपत्यकामा दुईको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:२५:oo

बेग्लाबेग्लै सवारी दुर्घटनामा परी काठमाडौं उपत्यकामा दुईजनाको मृत्यु भएको छ । 

काठमाडौं महानगरपालिका– ३१ शान्तिनगरमा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलढुंगा बस्ने २० वर्षका सुजु पटुवार रहेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ सडकमा पैदल यात्रा गरिरहेका पटुवारलाई मोटरसाइकलले ठक्कर दिएपछि उनी घाइते भएका थिए ।

उनलाई उपचारको क्रममा सिभिल अस्पताल पुऱ्याइएको र त्यहाँबाट ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको  छ। 

त्यसैगरी नम्बर नखुलेको बोलेरो गाडीले ठक्कर दिँदा ललितपुर महानगरपालिका– ८ मा एक पैदल यात्रीको मृत्यु भएको छ ।

गाडीको ठक्करबाट इमाडोलका ७८ वर्षीय बाबुकाजी श्रेष्ठ घाइते भएको र उपचारका लागि बी एन्ड बी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको प्रहरीको भनाइ छ । 

ad
ad