१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १६:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको कार्यक्रममा बिआरआई महत्वपूर्ण रहेको नेपाली नेताहरूको भनाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:२५:oo

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको बिआरआई परियोजना महत्वपूर्ण हुने बताएका छन् । 

मंगलबार चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति, स्थायित्व र विकासका लागि बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना महत्वपूर्ण हुने बताएका हुन् । 

बिआरआई परियोजनाबाट चीन र नेपाल दुवै देशले फाइदा लिन सक्ने भएकाले यसलाई आफूले महत्वपूर्ण अवसरको रूपमा लिएकोसमेत अध्यक्ष दाहालले बताए । 

यस्तै गत वर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणमा भएका सम्झौताले पनि दुई देशको भावनालाई समेटेको उनले बताए । 

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बिआरआईले यस क्षेत्रको नवीनता, उत्पादकत्व र प्रगतिका लागि महत्वपूर्ण हुने बताए । 

बिआरआई परियोजनाले दुई देशबीच वित्तीय एकीकरण र नीति समन्वयका लागि काम गर्ने विश्वाससमेत व्यक्त गरे । 

त्यस्तै बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य शृंखलामा पहुँच पुऱ्याउन सघाउ पुग्नेसमेत पूर्वप्रधानमन्त्री भट्टराईले बताए । 

बिआरआईका नाैवटा आयोजनाअन्तर्गत ट्रान्स–हिमालयन कनेक्टिभिटीले नेपाली नागरिकलाई सबैभन्दा बढी आकर्षित गरेकोसमेत उनले बताए । 

यसले नेपालको भूराजनीतिक परिवर्तनमा महत्वपूर्ण हुने पनि उनले बताए । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत छनोट गरेका नाैवटा आयोजनालाई छिट्टै अन्तिम रूप दिएर कार्यान्वयनमा जानुपर्ने बताए । 

यस्तै नेपालले अघि सारेको ‘समृद्ध नेपाल सुखि नेपाली’ अभियानलाई सार्थक बनाउनसमेत बिआरआई परियोजना महत्वपूर्ण हुने उनको भनाइ छ । 

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागमन्त्री सोङ ताओ, चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत कमिटीका सेक्रेटरी वु यिंगजीलगायतले सम्बोधन गरेका थिए । 

चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणको वार्षिकोत्सवको अवसर पारेर चिनियाँ कम्युनिीट पार्टी अन्तर्राष्ट्रिय विभागले ‘चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरुको प्रथम संयुक्त परामर्श सम्मेलन’ आयोजना गरेको हो ।

ad
ad