१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका सोलुखुम्बु
Invalid date format १o:o२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गोक्यो ताल जाने भिरालो क्षेत्रमा बाटो निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
नयाँ पत्रिका
Invalid date format १o:o२:oo

सोलुखुम्बु जिल्लामा रहेको विश्वको अदभूत मानिएको गोक्यो ताल जाँदा भिरबाट लडेर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । प्रदेश १ सरकारको ७० लाख र स्थानीय तहको २५ लाख लगानीमा लकडाउनको समयमा स्थानीयवासीले डरलाग्दो अक्करे भिरको घोडेटो बाटोमा फराकिलो सिँढीसहितको पाँच सय मिटर पक्की बाटो निर्माण गरेपछि गोक्यो ताल जाँदा अब भिरबाट लडेर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य भएको हो ।  

सोलुखुम्बुको उत्तरी क्षेत्रमा पर्ने ४७ सय मिटर उचाइ क्षेत्रको खुम्बुपासाङल्हामु गाउँपालिका– ४ मा रहेको गोक्यो हिमताल प्राकृतिक सौन्दर्यमा विश्वको अद्भुत ठाउँका रूपमा चर्चित छ । तर, सहज बाटो नहुँदा यस ताल जान खुम्बजुङदेखि एकदमै भिरालो बाटो हिँड्नुपर्ने बाध्यता थियो ।

तर, लकडाउनको समयमा स्थानीयवासी आफैँ जुटेर ९३ दिनमा पाँच सय मिटर पक्की बाटो निर्माण गर्न सफल भएको वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए । निर्माण भएको बाटोमा भिरालो भिरमा एक सय ५० मिटर बारसहितको सिँढी पनि निर्माण गरिएको छ । वडाध्यक्ष अधिकारीका अनुसार अद्भुत प्राकृतिक सौन्दर्यले भरिएको गोक्यो हिमताल जाने बाटो भिरालो र जटिल हुँदा बर्सेनि धेरै पर्यटक लडेर ज्यान गुमाउन बाध्य थिए । 

वडाध्यक्ष अधिकारीले भने, ‘तर, अब हामी स्थानीयहरू आफैँले लकडाउनमा बाटो निर्माण गर्न सफल भएपछि पर्यटकले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य भएको छ ।’ विश्वकै आकर्षक पर्यटकीय गन्तव्य गोक्यो तालसम्म पुग्ने सहज बाटो निर्माण गर्न लकडाउनको समयमा दैनिक ३८ जना स्थानीयवासी  ९३ दिनसम्म खटिएका थिए । लकडाउनको समयमा निर्माण कार्य गर्दा स्थानीयवासीलाई रोजगारी पनि प्राप्त भएको र काम पनि छिटो र भरपर्दो भएको जनप्रतिनिधिहरूको दाबी छ ।

छुटाउनुभयो की ?