१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक १ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक १ शनिबार १४:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको टीका नलगाइदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक १ शनिबार १४:४५:oo

पूर्वराजा ज्ञानेन्द्र शाहले शान्त, शालीन र सादगी दसैँ मनाउने तयारी गरेका छन् । उनले अष्टमीको दिन शक्तिपीठमा पूजा नगर्ने र विजयादशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने निर्णय गरेका हुन् ।

पूर्वराजाका सहयोगी फणिराज पाठकद्वारा शनिबार जारी गरिएको विज्ञप्ति भनिएको छ, ‘मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरूमा दर्शन गरिबक्सने कार्यक्रम र विजयादशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।’