१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विशेष अदालतका अध्यक्ष र सदस्यसहित उच्चका ८४ न्यायाधीशको सरुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:५९:oo

न्यायपरिषद्ले ८४ जना उच्च अदालतका न्यायाधीशको सरुवा गरेको छ । परिषद्को बुधबार बसेको बैठकले विशेष अदालतका अध्यक्ष र सदस्यको समेत सरुवा गरेको छ । 

विशेषका अध्यक्ष शिवराज अधिकारीको स्थानमा उच्च अदालत दिपायलका प्रेमराज कार्कीलाई ल्याइएको छ । सदस्यमा उच्च अदालत सुर्खेतका अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेलाई ल्याउने निर्णय भएको छ । 

विशेषमा अध्यक्षसहित ६ जना रहन्छन् । पहिलेका अध्यक्ष अधिकारीलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सरुवा गरिएको छ ।

यसैगरी विशेषकै सदस्य रवि शर्मा अर्याललाई उच्च अदालत जनकपुरको राजविराज इजलास पठाइएको छ । अर्का सदस्य चन्द्रबहादुर सारूलाई भने जनकपुरकै वीरगन्ज इजलासमा पठाउने निर्णय भएको छ ।  

हाल विशेष अदालतका सदस्य रहेका कृष्ण गिरीलाई पनि जनकपुर उच्च अदालतकै वीरगन्ज इजलासमा सरुवा गर्ने निर्णय भएको छ । 

परिषद्ले पाटनका न्यायाधीश महम्मद साबिर हुसैनलाई हेटौँडा इजलास पठाउने निर्णय गरेको छ । सुर्खेतमा कार्यरत विनोद शर्मा, उच्च अदालत जनकपुरका भीमकुमार ओझा, त्यहीँका शेखरचन्द्र अर्याल, विपुल न्यौपानेलाई उच्च अदालत पाटनमा सरुवा गरिएको छ । 

विराटनगरका महेश शर्मा पौडेल, विराटनगरका अच्युत विष्ट र पोखराका सुभाष पौडेललाई पनि पाटनमा ल्याउने निर्णय भएको छ । साथै बुटवल इजलासका दुर्गाबहादुर विश्वकर्मा, दीपेन्द्रबहादुर बम र धनकुटा इजलासकी बबिता उप्रेतीलाई पनि पाटन सरुवा गरिएको छ । 

बैठकले हेटौँडा इजलासका महेन्द्रनाथ उपाध्याय, विराटनगरका महम्मद जुनैद अजाद, तुलसीपुरका विमल सुवेदी, ओखलढुंगा इजलासका विमलकुमार पोखरेल र विराटनगरका नरिश्वर भण्डारीलाई पनि पाटन उच्च अदालत ल्याउने निर्णय गरेको  छ ।

ad
ad