१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ १ मंगलबार १o:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पश्चिमी नाकामा ‘नेपाल गेट’ बन्ने 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:४२:oo

नेपालको पश्चिमी नाका गड्डाचौकीमा ‘नेपाल गेट’ निर्माण हुने भएको छ । भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ मा ‘नेपाल गेट’ बनाउने भएको हो । 

नेपाल प्रवेश गर्दा पहिचानका लागि भीमदत्त नगरपालिकाले त्रिदेशीय नाकाको उक्त बिन्दुमा आधुनिक गेट बनाउने लागेको छ । 

गेट निर्माणका लागि सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ । भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालयसिंह ऐरले दुई पास भएको गेट निर्माणका लागि अस्मिता बिल्ड्रर्स प्रालिसँग ६२ लाख लागतमा गेट निर्माण गर्ने सम्झौता भएको बताए । 

‘गेटको दायाँबायाँबाट पास हुन्छ,’ ‘इन्जिनियर ऐरले भने, ‘आउँदो माघ मसान्तसम्ममा गेट निर्माण कार्य सकिन्छ ।’ गेटमा नेपालको नक्सा, बुद्धको मूर्तिलगायत नेपाली भूगोल, लोकसंस्कृति झल्किने प्रतीक राखिने छन् ।  भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले भारत–चीनको त्रिदेशीय नाका गड्डाचौकी नेपाल प्रवेशद्वारमा गेट निर्माण कार्यको परिकल्पना जनताको मर्मअनुरूप भएको बताए । 

महाकाली नदीमा पुल निर्माणसँगै भारत जोड्ने र गड्डाचौकी, ब्रह्मदेव हुँदै चीन जोड्ने महाकाली करिडोरको नेपाल प्रवेश विन्दुमा गेट निर्माण कार्य नेपाली स्वाभिमान र पाहुनालाई स्वागतका लागि भएको मेयर विष्टले बताए । ‘कामका लागि हाम्रा नेपाली दाजुभाइ दिदिबहिनी भारत गएका छन्,’ ‘मेयर विष्टले भने, ‘फर्किँदा गेट देखेर मातृभूमि पुगेको आभास होस् ।’ 

विदेशी पाहुनालाई नेपाल प्रवेश गर्दा गेटबाट नेपालका राष्ट्रिय प्रतीक र गौतम बुद्ध जन्मेको देश भनेर अनुभूति हुनेछ । ‘गेटले पूर्ण नेपालीपनको झल्को दिन्छ,’ ‘मेयर विष्टले भने, ‘स्वदेशीको स्वाभिमान र विदेशीको स्वागत एवं बिदाइ गर्ने गेट हुनेछ ।’

गत आर्थिक वर्ष ०७६/७७ मा  भीमदत्त नगरपालिकाले नै नेपाल प्रवेश क्षेत्र गड्डाचौकीमा ७७ फिट अग्लो नेपालको झण्डा स्थापना गरेको थियो । जनमत र चुनावी प्रतिबद्धताअनुरूप गेट निर्माण कार्य अघि बढाएको मेयर विष्टले बताए । पश्चिम नेपालको गड्डाचौकी नाका भारतको राजधानी दिल्लीसँगको सबैभन्दा नजिकको नाका हो । 

गड्डाचौकीदेखि दिल्ली करिब तीन सय ७९ किलोमिटर मात्रै छ । महाकाली नदीमा पुल निर्माणसँगै नेपालको विकास र समृद्धि हुने अपेक्षा गरिएको छ । संघ र प्रदेश सरकारबाट परिकल्पनासमेत नगरिएको योजना स्थानीय सरकार भीमदत्त नगरपालिकाबाट सुरुवात भएको छ । 

ad
ad