१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक लाख घुससहित पक्राउ परेकी सहायक रजिस्ट्रारलाई चार महिना कैद  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २o:५८:oo

कम्पनी रजिस्ट्रारको कार्यालयकी सहायक रजिस्ट्रार गीताकुमारी पन्थी पनि दोषी ठहर भएकी छिन् । उनलाई  विशेष अदालतले चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । 

२३ माघ ०७५ मा पन्थीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । काठमाडौंको एक निजी स्कुलका सञ्चालक कर तिर्न जाँदा कर घटाइदिने भन्दै उनले त्यसबापत एक लाख रुपैयाँ घुस लिएकी थिइन् । सो पैसा बैंकमा जम्मा गर्न जाने क्रममा उनी पक्राउ परेकी थिइन् । पैसा उनको छोरीको साथबाट बरामद भएको थियो ।

ad
ad