१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १५:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ओली-प्रचण्डबीच पार्टी एकीकरण टुंग्याउने एजेन्डाकेन्द्रित छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:३१:oo

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिब साढे दुई घन्टा लामो छलफल भएको छ ।  

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको आजको छलफल पार्टीको सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने विषयमा  केन्द्रित रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

प्रेस संयोजक सापकोटाका अनुसार छलफल सकारात्मक भएको र अध्यक्षद्वयबीच समझदारी बन्नेबित्तिकै केन्द्रीय सचिवालय बैठक बस्नेछ। 

मन्त्रिमण्डल पुनर्गठन, रिक्त रहेका पदमा राजनीतिक तथा संवैधानिक नियुक्ति, पार्टीको केन्द्रीय संगठन विभागको कार्ययोजनालगायतका विषय केन्द्रीय सचिवालय बैठकका प्रस्तावित एजेन्डा हुन् । प्रस्तावित एजेन्डामाथि सहमति जुटाउन अध्यक्षद्वय  निरन्तर छलफलमा छन् ।  

२० असोजमा बसेको सचिवालय बैठकमा अनशनरत डा. गोविन्द केसीको विषयमा केन्द्रित भएकाले प्रस्तावित एजेन्डामा कुनै पनि छलफल भएन । 

पार्टी एकीकरणका केन्द्रीय विभागको पूर्णता, ज्येष्ठ कम्युनिस्ट केन्द्रीय सल्लाहकार कमिटी, पोलिटब्युरो गठनलगायतका काम बाँकी छन् ।  
 

ad
ad