१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १६:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

काेराेना मिटर : आज ३३ सय सातजना निको भए, २७ सय २२ संक्रमित थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:२७:oo

पछिल्लो २४ घन्टामा ३३ सय सातजना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

यो अवधिमा १४ हजार सात सय ३९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो परीक्षण अहिलेसम्मकै बढी हो ।

परीक्षणमा २७ सय २२ जना नयाँ संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ८२ हजार चार सय ५० पुगेको छ ।

त्यसगरी हालसम्म ६० हजार ६ सय ९६ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।

संक्रमित निको हुने दर ७३.६ प्रतिशत रहेको गौतमले जानकारी दिए । 

हाल सक्रिय संक्रमित भने २१ हजार दुई सय ३४ जना छन् । 

ad
ad