१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o७:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सरकारद्वारा उपत्यकाका १६ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:२९:oo

सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । बिहीबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले देशभरका आ–आफ्नै कार्यालय, डिपो, डिलर र अनलाइनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् ।

काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी कोटेश्वरलगायत विभिन्न १६ स्थानमा र उपत्यकाबाहिर विभिन्न ६५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । 

यस्ता पसलमा दैनिक उपभोग्य वस्तुहरू चामल, दाल, गेडागुडी, चिनी, नुनलगायतका वस्तु सुपथ मूल्यमा खरिद गर्न सकिनेछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी विभागीय प्रमुख शर्मिला सुवेदीले चामल, दाल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको बताइन् ।  त्यस्तै बासमती चामल, गेडागुडी र कर्णालीको दाल, मासुजन्य वस्तुमा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको पनि उनले बताइन् । 

कोभिड– १९ को जोखिमका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विसका संस्थानले यस वर्ष एकीकृत रूपमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छैनन् । तर, सबै कम्पनीले बिक्री गर्ने वस्तुहरू सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताइन् । असोज १५ गतेबाट सुरु भएको सुपथ मूल्य पसल आगामी मंसिर ६ गतेसम्म सञ्चालन हुनेछन् ।

ad
ad