१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ जेठ १ मंगलबार १o:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लकडाउन समयको विद्युत् महसुल जरिवाना छुटको माग राख्दै विरोध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:५३:oo

नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले लकडाउनको समयमा सेवाग्राहीहरूसँग विद्युत् महसुल जरिवानासहित लिएपछि त्यसको विरोधमा प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी वीरगन्ज महानगर अध्यक्ष ईश्वर यादवको अगुवाइमा मंगलबार बिहान १० बजेदेखि  १ घन्टा विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रको गेटअगाडि विरोध प्रदर्शन भएको हो ।

सहभागीहरूले लकडाउन अवधिभरको विद्युत् महसुल बढी लिन नपाइने भन्दै विरोध प्रदर्शन गरिएको बताए । उनीहरूले लकडाउन समयमा जरिवानासहित महसुल लिएका सेवाग्राहीको रकम फिर्ता गर्न, लोडसेडिङको अन्त्य गर्न  र उचित पार्किङको व्यवस्था गर्न माग गरेका छन् ।  

लकडाउन र निषेधाज्ञाका कारण घरबाहिर निस्कन बन्देज लगाएको वेलामा विद्युत् प्राधिकरणले जरिवाना थपेर विद्युतको महसुल तिर्न लगाएपछि उपभोक्ता मर्कामा परेका छन् । लकडाउन र निषेधाज्ञाका वेला प्राधिकरणका कर्मचारी आफैँ मिटरको रिडिङ गर्नसमेत नआएको प्राधिकरणले साउन र भदौ महिनाको महसुलमा जरिवाना थपेर बिल पठाएको भन्दै उपभोक्ताले आक्रोश  पोखेका छन् । 

विरोध प्रदर्शनमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, प्रदेश सभा सदस्य जन्नत अन्सारी, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तवरेज अहमदलगायतका नेता–कार्यकर्ताको सहभागिता थियो । 

यता नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख शम्भु कुसियत यादव लकडाउनको समयमा केन्द्रले तोकेको समयमा विद्युत् महसुल अनलाइन र बैंकमार्फत भुक्तानी गर्दा कार्यालयले लिने अतिरिक्त शुल्क पनि तिर्न नपरेको बताए ।

लकडाउनको समयमा नेपाल विद्युत् प्राधिकरणले अनलाइन बिल भुक्तानी सेवा गरेपछि अधिकांश उपभोक्ताले  घरमै बसिबसी मोबाइल एप्लिकेसनको माध्यमबाट विद्युत् महसुल बुझाएको उनको दाबी छ । तर, लकडाउनको समयमा वा लकडाउन खुकुलो भएको समयमा विभिन्न माध्यमबाट सूचना प्रवाह गरेकाले सूचना पाएर नआएका वा जानकारी नपाएका सेवाग्राहीले रकम नबुझाएकाले जरिवाना रकम बुझाउनुपरेको प्रमुख यादवले बताए । 


 

ad
ad