१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १५:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रहरी समायोजनसम्बन्धी अध्यादेश : राजधानी उपत्यकाको सुरक्षा जिम्मेवारी केन्द्रीय प्रहरीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:१o:oo

देशको केन्द्रीय राजधानीको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीको हुने गरी सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐनलाई संशोधन गरेको छ ।

अध्यादेशमार्फत सरकारले सो ऐनलाई संशोधन गरेको हो । संशोधनसम्बन्धी अध्यादेश सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको छ ।

यसअघि उपत्यकाका तीन जिल्लाको सुरक्षा जिम्मेवारी केन्द्र कि प्रदेशको हुने ऐनमा प्रस्ट थिएन । जसकारण प्रहरी समायोजन रोकिएको थियो ।

गृह मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहअनुसार ऐन संशोधन गरेको हो ।

केन्द्रीय राजधानीको सुरक्षाको जिम्मेवारी प्रदेश प्रहरीलाई दिँदा समस्या हुन सक्ने निष्कर्षका आधारमा केन्द्रीय प्रहरीलाई दिने दिने गरी ऐन संशोधन भएको हो । यद्यपि यसमा बागमती प्रदेश सरकारले असहमति जनाएको छ ।

संविधानमा यस्तो प्रावधान नभएको भन्दै केन्द्रीय राजधानीमा पनि प्रदेश प्रहरी मातहत नै राख्नुपर्ने उनको जोड थियो । त्यस्तै यसअघिको ऐनमा अध्यागमनसम्बन्धी अपराधको अनुसन्धान प्रहरीको कार्यक्षेत्र उल्लेख भएकोमा त्यसलाई सच्याइएको छ ।

कारागार व्यवस्थापनको काम पनि प्रहरीको तोकिएकोमा सच्याएर कारागार व्यवस्थापन विभागको जिम्मेवारी भएको प्रस्ट बनाइएको छ । सो ऐन संशोधन हुन नसक्दा प्रहरीको समायोजन प्रक्रिया रोकिएको थियो ।

गृह मन्त्रालयले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी त्यससम्बन्धी प्रतिवेदनसमेत मन्त्रिपरिषदमा पेस गरिसकेको छ ।

प्रतिवेदन स्वीकृत भएपछि समायोजन प्रक्रिया सुरु गरिने गृह मन्त्रालयले जनाएको छ 

ad
ad