१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार o५:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

डा. केसीको स्वास्थ्यसूचक खराब हुँदै

आइसियू राख्नुपर्ने अवस्था आउन सक्ने, जीवनरक्षाका लागि नागरिक अगुवाको अपिल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o५:५५:oo

स्वास्थ्य सेवा सुधारको माग गर्दै १४ दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । उनलाई कुनै पनि वेला आइसियूमा राख्नुपर्ने अवस्था आउन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

डा. केसीको उपचारमा संलग्न चिकित्सकले आइतबार जारी गरेको स्वास्थ्य बुलेटिनमा उनको स्वास्थ्यका सूचकहरू खराब हुँदै गएको जनाएको छ । प्रा.डा. सुवासप्रसाद आचार्यले जारी गरेको बुलेटिनमा डा. केसीको स्वास्थ्यसूचक क्रमिक रूपमा ओरालो लाग्दै गएको बताएका छन् । बुलेटिनमा भनिएको छ, ‘डा. केसीको शरीरमा पानीको मात्रा पनि कम हुँदै गएको छ । यसले मानसिक रूपमा समेत असर पुर्‍याउन सक्छ । त्यसैले कुनै पनि समयमा उनलाई आइसियू आवश्यक पर्न सक्छ ।’

डा. केसीले १९औँ सत्याग्रह २९ भदौमा जुम्लाको चन्दननाथ नगरपालिका– ६ स्थित बाबिरा मष्टो मन्दिरको धर्मशालामा सुरु गरेका थिए । जुम्लाबाट काठमाडौं आएर शिक्षण अस्पताल भर्ना भएको पनि पाँच दिन पुगेको छ । उनले सत्याग्रह जारी राखेका छन् ।

चिकित्सकका अनुसार उनी कमजोर भएका छन् भने मुटुको धड्कन पनि घटबढ भइरहेको छ । त्यति मात्रै होइन, शरीरका मसलहरू बाउँडिने र दुख्ने समस्या, डब्लुबिसी र रगतमा चिनीको मात्रा पनि कम हुँदै गएको छ । त्यस्तै पोटासियम, म्याग्नेसियम, क्याल्सियमको मात्रा घटेको स्वास्थ्य बुलेटिनमा उल्लेख गरिएको छ । कमजोरी बढ्दै गएपछि नसाको माध्यमबाट स्लाइन पानी दिइरहेको मेडिकल रिपोर्टमा जनाएको छ । 

डा. केसीको जीवनरक्षाका लागि नागरिक अगुवाहरूले सरकारसँग अपिल गरेका छन् । उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रँदो क्रममा रहेकाले कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्नेतर्फ नागरिक अगुवाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । 

आइतबार विज्ञप्ति जारी गरेर नागरिक अगुवाहरूले विगतमा डा. केसीसँग भएका दुईपक्षीय सम्झौता कार्यान्वयन गर्नसमेत आग्रह गरेका छन् । हालसम्म पनि उनको अनशनलाई गम्भीरताका साथ नलिनु दुःखद पक्ष भएको विज्ञप्तिमा उल्लेख छ ।

ad
ad