१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा अस्थायी साधन प्रयोग गर्ने न्यून

जिल्लाका २१ प्रतिशतले मात्र अस्थायी साधन प्रयोग गर्छन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १८:१o:oo

लमजुङमा अस्थायी साधन प्रयोग गर्नेहरूको संख्या न्यून रहेको छ । जिल्लामा रहेका ४० हजार दम्पतीमध्ये ७९ प्रतिशतले अस्थायी साधन प्रयोग नगर्ने पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङको तथ्यांकले देखाएको छ ।  

जिल्लामा रहेका ४० हजार दम्पतीमध्ये आठ हजार चार सयले मात्रै अस्थायी साधन प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । जिल्लाका ३१ हजार ६ सय दम्पतीले अस्थायी साधन प्रयोग नै गर्दैनन् । 

जिल्लामा विवाहित १५ देखि ४९ वर्ष उमेरका २१ प्रतिशत महिलाले परिवार नियोजनको साधन प्रयोग गर्ने गरेका छन् ।  १५ देखि ४९ वर्षका प्रजनन क्षमता भएका करिब ४० हजार महिला छन् । सरकारले परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना ल्याए पनि अधिकांश किशोरकिशोरी अस्थायी साधनको प्रयोग अत्यन्तै कम मात्रमा गर्ने गर्दछन् । 

जनचेतना कमी, गोपनीयता नहुने र वैदेशिक रोजगारीलगायत कारणले अस्थायी साधनको प्रयोग न्यून भएको जिल्ला स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडी बताउँछन् । सम्बन्धित स्वास्थ्य संस्था र सरोकारवाला निकायले राष्ट्रियस्तरबाट पनि अस्थायी साधन प्रयोग गर्ने वातावरणबारे सचेतना कार्यक्रम गर्न सकेमा नेपालमा स्वास्थ्य समाजको निर्माण हुने उनको विश्वास छ ।

जिल्लामा ९५ स्वास्थ्य संस्थाहरूबाट परिवार नियोजनको अस्थायी साधन वितरण हुने गरेको छ । खासगरी अस्थायी साधनमा पुरुषले प्रयोग गर्ने कण्डम, महिला तथा पुरुषको स्थायी बन्ध्याकरण, महिलाले प्रयोग गर्ने पिल्स, तीनमहिने डिपो, इम्प्लान्ट (नरप्लान्ट) र आइयुसिडी रहेका छन् ।

ad
ad