१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १६:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सम्झना विकको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही गर्न सांसद संग्रौलाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:४५:oo

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सम्झना विकको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेकी छन् । 

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेकी छन्, ‘बझाङको मष्टा गाउँपालिका– २ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय छ । प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार गरी हत्या गरिएको बताइएको छ । यस्तो जघन्य अपराधमा संलग्न जोकोही भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न म सरकारसँग माग गर्दछु ।’

कोरोना महामारी नियन्त्रण गर्न, रोग र भोकसँग जुधिरहेका जनतालाई राहत दिन, शान्तिसुरक्षा कायम गर्न पनि सरकार असफल हुँदै गएको उनको ठम्याइ छ । 

‘नेपालको संविधान, २०७२ ले नागरिकको जीउधनको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व भनेको छ । तर, कोरोना महामारी नियन्त्रण होस् वा रोग र भोकसँग जुधिरहेका जनतालाई राहत दिने काम होस् वा शान्तिसुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको छ । भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाख–जेठको मध्याह्न गर्मीमा शीतलको अपेक्षा गर्नुजस्तो हुँदै गएको छ,’ उनले विज्ञप्तिमा भनेकी छन् । 

सम्झना विक, निर्मला पन्तलगायतका निर्दोष बालिकाहरूको हत्याराको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न र दलितलगायत सबै समुदायको जीवनरक्षाको सुनिश्चितता गर्न उनले सरकारसँग माग गरेकी छन् ।

ad
ad