१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ८ बिहीबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज ८ बिहीबार १३:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इडिसिडीमार्फत पिसिआर रिपोर्टको जानकारी दिन उपसमितिको सुझाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज ८ बिहीबार १३:o८:oo

शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)मार्फत संक्रमितलाई पिसिआर रिपोर्टबारे जानकारी गराउनुपर्ने सुझाब दिएको छ। 

जीवनराम श्रेष्ठको संयोजकत्वमा रहेको उपसमितिले बिहीबार मूल समितिलाई प्रारम्भिक प्रतिवेदन बुझाउँदै १७ वटा सुझाब दिएको हो।

त्यस्तै समितिले भनेको छ, ‘बन्दाबन्दीको सन्दर्भमा एसएमएसलगायतका अन्य कोभिडका जोखिम न्यूनीकरण मापदण्ड कडाइका साथ लागू गरी ‘लिभ विथ कोरोना’को अवधारणा योजना बनाई लागू गर्ने ।’

आयुर्वेदिक र वैकल्पिक चिकित्सालाई कोभिडसम्बन्धी अनुसन्धानमा अगाडि बढाउनुपर्ने पनि उपसमितिको सुझाब छ।

संक्रमित भएका बिरामीको हकमा होम आइसोलेसनमा बसेकालाई समेत स्वास्थ्यकर्मीले नियमित निगरानी गर्नुपर्ने पनि उपसमितिको सुझाब छ।