
कनेक्ट आपिएसमा बैंक खाता क्लिप गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्ने सुविधा थप बैंक वित्तीय संस्थाहरूमा उपलब्ध भएको छ ।
कम्पनीले नेपाल बंगलादेश बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, ज्योति विकास बैंक तथा आइसिएफसी फाइनान्सलगायतका बैंक वित्तीय संस्थालाई सुविधा उपलब्ध गराएको हो ।
यस अनलाइन सुविधासँगै बैंक वित्तीय संस्थाका ग्राहकहरूले कनेक्ट आइपिएसमा लिंक गरिएको खाता भेरिफाई गर्नका निम्ति बैंकको शाखा पुग्नुनपर्ने र अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सक्ने जनाइएको छ ।