Skip This
कनेक्ट आइपिएसमा थप बैंकका खाता अनलाइन भेरिफाई गर्न सकिने
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ असोज ५ सोमबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज ५ सोमबार o५:२१:oo
Read Time : < 1 मिनेट
अर्थ

कनेक्ट आइपिएसमा थप बैंकका खाता अनलाइन भेरिफाई गर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज ५ सोमबार o५:२१:oo

कनेक्ट आपिएसमा बैंक खाता क्लिप गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्ने सुविधा थप बैंक वित्तीय संस्थाहरूमा उपलब्ध भएको छ । 

कम्पनीले नेपाल बंगलादेश बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, ज्योति विकास बैंक तथा आइसिएफसी फाइनान्सलगायतका बैंक वित्तीय संस्थालाई सुविधा उपलब्ध गराएको हो । 

यस अनलाइन सुविधासँगै बैंक वित्तीय संस्थाका ग्राहकहरूले कनेक्ट आइपिएसमा लिंक गरिएको खाता भेरिफाई गर्नका निम्ति बैंकको शाखा पुग्नुनपर्ने र अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सक्ने जनाइएको छ ।