१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १९:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निवर्तमान अर्थमन्त्री डा. खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:१५:oo

सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । उनलाई मन्त्रीसरहको सेवा–सुविधा पाउने गरी नियुक्त गरिएको सरकारका नवनियुक्त प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओली खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा थिए । सोहीअनुरूप संघीय संसद्को सदस्यको म्याद सकिएपछि पनि खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए । तर, ६ महिनासम्म पनि संघीय संसद्को सदस्य नबनेपछि खतिवडाले राजीनामा दिएका थिए ।  

नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेपछि खतिवडा बाहिरिएका हुन् । सरकारले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गरिसकेको छ ।

 

ad
ad