मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १४:४७:oo
Read Time : > 1 मिनेट
विश्व

आएटा भन्छ- कोभिड– १९ विरुद्धको भ्याक्सिन विश्वभर पुऱ्याउन आठ हजार कार्गो विमान आवश्यक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४७:oo

कोरोना भाइरस (कोभिड– १९) महामारीविरुद्धको भ्याक्सिन निर्माण गर्ने प्रयास विश्वका शक्तिशाली देशहरूमा अझै जारी छ । कतिपय देशले निर्माण गरेको भ्याक्सिन अन्तिम चरणको परीक्षणमा छन् । तर, कुनै पनि भ्याक्सिन प्रयोगका लागि सहज रूपमा उपलब्ध भने भइसकेको छैन । 

भाइरस संक्रमणका कारण जनजीवन ठप्प बन्ने अवस्था आएपछि विश्व नै अहिले भ्याक्सिनको व्यग्र प्रतीक्षामा छ । तर, भ्याक्सिन तयार भइसकेपछि पनि यो सहज उपलब्ध हुन मुस्किल देखिएको छ ।  अन्तर्राष्ट्रिय हवाई ढुवानी कम्पनीहरूको संस्था आएटाले कोरोना भाइरस संक्रमण फैलिएको विश्वका सबै देशमा भ्याक्सिन पुऱ्याउनु अहिलेसम्मकै ठूलो चुनौतीपूर्ण अवस्था हुने बताएको छ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) ले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विश्वभर पुऱ्याउन आठ हजार बोइङ ७४७ वा योबराबरको फ्लाइट आवश्यक पर्ने जनाएको छ । 

‘विश्व एयर कार्गो उद्योगकै लागि कोभिड– १९ महामारीविरुद्धको भ्याक्सिन सुरक्षित रूपमा विश्वभर पुऱ्याउनु यो शतककै ठूलो चुनौती हुनेछ,’ आएटाका प्रमुख कार्यकारी एलेज्यान्डर डी जुनिआक भन्छन्, ‘तर, यो कुनै सावधानीपूर्वक गरिएको अग्रिम योजनाविना सम्भव छैन । त्यो योजना बनाउने समय अहिले नै हो ।’

कोरोना भाइरसविरुद्धको भ्यासिन तयार हुनुअघि नै एयरलाइन्स, एयरपोर्ट, स्वास्थ्यसम्बन्धी विश्वव्यापी संस्था र औषधि उद्योगहरूले भ्याक्सिन विश्वभर पुऱ्याउने योजनामा काम गर्न सुरु गरेका छन् । आएटाले प्रतिव्यक्ति एक ‘डोज’ को हिसाबले विश्वभर भ्याक्सिन पुऱ्याउन आठ हजार बोइङ ७४७ आवश्यक पर्ने जनाएको हो ।

तापक्रमदेखि धेरै कुरा मिलाउनुपर्ने भएका कारण भ्याक्सिन ढुवानी गर्न सबै एयरलाइन्स उपयुक्त नहुने आएटाको भनाइ छ । औषधि ढुवानी गर्नका लागि दुईदेखि आठ डिग्री सेल्सियससम्मको तापक्रम आवश्यक पर्नेछ । कुनै भ्याक्सिनका लागि जम्नेसम्मको चिसो आवश्यक पर्छ । यसकारण पनि सबै एयरलाइन्सले कोरोना भाइरसविरुद्धको भ्याक्सिन ढुवानी गर्न सक्दैनन् । ‘हामीलाई यसको प्रक्रिया राम्रोसँग थाहा छ । हामीले औषधि ढुवानी गर्नका लागि आवश्यक सबै मापदण्ड पूरा गरेको हुनुपर्छ,’ आएटाका कार्गो प्रमुख ग्लान हग्स भन्छन् । उनका अनुसार ठाउँअनुसार पनि औषधि ढुवानी कठिनाइ हुनेछ ।

तत्काल अफ्रिकामा भ्याक्सिन पुऱ्याउन सम्भव नहुने 

आएटाले तत्कालका लागि अफ्रिकामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन पुऱ्याउन सम्भव नहुने जनाएको छ । अन्तर्राष्ट्रिय कार्गो क्षमता, क्षेत्रफल र एक–अर्काको बोर्डर पार गर्न मुस्किल हुने भएका कारण अफ्रिकामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन पुऱ्याउन मुस्किल रहेको आएटाले जनाएको छ ।

भ्याक्सिनको ढुवानी दुरुस्त हुनुपर्दछ । भ्याक्सिन ढुवानी गर्नेदेखि त्यसको  ‘स्टोर’ गर्ने ठाउँसम्म पनि राम्रो सुविधा आवश्यक छ । अहिले झन्डै एक सय ४० भ्याक्सिन निर्माणको चरणमा छन् । त्यसमध्ये दुई दर्जनजति भ्याक्सिन मानिसमा समेत परीक्षण भइसकेको छ । भ्याक्सिन तयार भई प्रयोगका लागि समेत अनुमति प्राप्त भएपछि यसको ढुवानी सुरु हुनेछ । तर, त्यसको तयारी अहिलेबाटै गर्न आएटाले सबै देशका सरकारलाई अनुरोध गरेको छ । आएटाले भ्याक्सिनको सुरक्षित ढुवानीसँगै सुरक्षित ‘स्टोर’ गर्नु पनि उत्तिकै महत्वपूर्ण भएको जनाएको छ ।

कोभिड– १९ विरुद्धको भ्याक्सिन उच्च महत्वको हुनेछ,’ आएटाले भनेको छ, ‘त्यसैलै यसमा कुनै क्षति पुग्ने वा चोरी हुने कामबाट सुरक्षित हुने गरी ढुवानी गरिनुपर्दछ ।’