१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
विनोद विष्ट काठमाडौं
२o८१ जेठ १ मंगलबार o४:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

नारायणहिटी पुग्यो राजा वीरेन्द्र चढ्ने जहाज (फोटो फिचर)

Read Time : < 1 मिनेट
विनोद विष्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o४:o३:oo

स्वर्गीय राजा वीरेन्द्र चढ्ने गरेको नेपाली सेनाको एनए–०२० एचएस ७४८ नम्बरको एभ्रो जहाज शनिबार राति भने काठमाडौंका सडकमा गुड्यो । जहाज नेपाली सेनाले नारायणहिटी संग्रहालयमा राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाएर लगेको हो । 

शनिबार राति ८ बजे त्रिभुवन विमानस्थलबाट गुडाउन सुरु गरिएको जहाज तिनकुने, माइतीघर, भद्रकाली, विद्युत् प्राधिकरण हुँदै राति ११ बजे नारायणहिटी पुर्‍याइएको थियो । जहाजलाई सेनाको सानो गाडी र क्रेनको सहायताले गुडाइएको थियो । 

यो जहाजले सन् १९७१ डिसेम्बर ३१ मा पहिलो उडान भरेको थियो । यसलाई सन् १९७५ जनवरी २३ मा तत्कालीन शाही नेपाल वायु सेवा निगमले खरिद गरेको थियो । त्यसपछि सन् १९८० अप्रिल १३ मा तत्कालीन शाही नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो । यसमा राजा वीरेन्द्र तथा राजपरिवारका सदस्य सवार हुने गरेका थिए । 

राजपरिवारले प्रयोग गर्ने सरसामान नारायणहिटी संग्रहालयमा राख्ने क्रममा जहाजलाई पनि लगिएको हो । लामो समयदेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड रहेको जहाज गुडाएर लगिएको हो । 

 

 

ad
ad