१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ जेठ १ मंगलबार १३:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोरोनाको ‘हटस्पट’ वीरगन्जको अवस्था सामान्य बन्दै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:o३:oo

कोरोना भाइरसको ‘हटस्पट’ वीरगन्जको अवस्था केही सातायता सामान्य बन्दै गएको छ । साउनको पहिलो सातादेखि कोरोनागन्जको रूपमा परिचित वीरगन्ज अहिले सामान्य रूपमा देखिन थालेको हो ।

भदौ सुरु भएदेखि पर्सामा कोभिड– १९ को बिरामी कम देखिन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेकाे छ। स्थानीय प्रशासनका अनुसार पर्सामा केही सातादेखि दैनिक रूपमा भएको परीक्षणमा संक्रमित कम हुँदै गएपछि बजार बिस्तारै खुला गरिएको छ ।  

नारायणी अस्पतालका डा. उदयनारायण सिंहका अनुसार लक्षणसहितका संक्रमितको उपचारका लागि वीरगन्जमा सञ्चालनमा आएका दुईवटा विशेष कोरोना अस्पतालमध्ये एक अस्पताल दुई दिनदेखि खाली छ । एक सय २० शय्याको नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा भर्ना भएका संक्रमित निको भएर घर फर्किएका छन् । मंगलबारदेखि यहाँ नयाँ संक्रमित भर्ना भएका छैनन् ।

निषेधाज्ञाकै झन्डै ४० दिनपछि अर्थात् भदौ १९ यता बजार खुलेपछि अहिले चहलपहल बढेको छ । पसलमा आएका ग्राहकलाई सामाजिक दूरी कायम गर्ने र भिडभाड नियन्त्रण गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यवसायीको हुने प्रशासनले जनाएको छ । 

निषेधाज्ञा जारी, बजार खुला 
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकामा थप एक साता (३१ भदौ) सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको गएको बिहीबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि महानगरमा मात्र थप एक साता निषेधाज्ञा राख्ने निर्णय गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञा वीरगन्ज महानगरपालिका क्षेत्रभित्र मात्रै सीमित गर्ने निर्णय गरेको हो । बिहीबार जारी सूचनामा वीरगन्ज महानगरपालिका क्षेत्रभित्र रहेका पसलहरू शनिबारबाहेक प्रत्येक दिन दिउँसो ११ बजेदेखि ४ बजेसम्म स्वास्थ्यसम्बन्धी मापदण्ड पालना हुने गरी र भिडभाड नहुने गरी सञ्चालन गर्न पाइने उल्लेख छ ।

यस्तै, तरकारी तथा फलफूल बिक्री–वितरणका लागि रेल्वे रोडमा घन्टाघरदेखि दुई सय मिटर स्कुलदेखि दक्षिणतर्फ एकतर्फी रूपमा मात्रै पसलहरू राख्ने, दुई पसलबीचको दूरी दूरी कम्तीमा १५ फिट हुनुपर्ने, ताोकिएको समय र स्थानबाहेक अन्य समय वा स्थानमा कुनै पनि प्रकारले पसल खोलेको, सामान बेचेको वा भिडभाड गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

यसअघि यस्तै १९ भदौदेखि वीरगन्ज उद्योग वाणिज्य संघको समन्वयमा वीरगन्ज बजार क्षेत्रका पसलहरू आइतबार, मंगलबार र बिहीबार बाटोको एकातर्फका र सोमबार, बुधबार, शुक्रबार बाटोको अर्कोतर्फका पसल बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म खोल्न र शनिबार बन्द गर्न भनिएको थियो ।

पर्सामा लगातार कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगन्ज महानगरपालिकामा १० साउनदेखि निषेधाज्ञा जारी गरेको थियो । यसअघि स्थानीय प्रशासनले वीरगन्जमा २५ भदौसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको थियो ।

पर्सा चेनब्रेक भयो
पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञा आदेशसँगै संक्रमितहरूको व्यवस्थापनमा पनि ध्यान केन्द्रित गरेर उचित व्यवस्थापन गरिएको छ । नेपाली सेनासहितको कडा निषेधाज्ञा आदेश जारी गरिएपछि अहिले संक्रमितको संख्या घटेकोे छ । भदौयता कोभिड नियन्त्रणमा छ । 

सबै हेरेर रणनीति लिएर नै ब्रेक गर्न सकिएको छ । सबैले यसरी नै काम गर्न सकियो भने नियन्त्रण गर्न सकिन्छ । कडा निषेध आदेश, स्मार्ट लकडाउन, दण्डनात्मक नीतिले नै रोक्न सकिने हो । लिभिङ विथ कोभिड विधि पनि अपनाउनुपर्छ ।

संक्रमितको सम्पर्कमा आएका, शंका गरिएका र संक्रमित क्षेत्रमा स्वाब परीक्षण व्यवस्थित बनाएको उनले बताए । संक्रमितका लागि अस्पतालको व्यवस्थापन र चिकित्सकीय सेवा पनि प्रभावकारी बनाइएको छ । ‘पर्सामा संक्रमितको संख्या दुई हजार चार सय २६ पुगेको छ । हालसम्म एक हजार ६ सय ३० संक्रमणमुक्त भइसकेका छन् । अहिलेसम्म पर्सामा ४२ जना संक्रमितको मृत्यु भइसकेको छ ।

ad
ad