मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ २३ मंगलबार १५:३७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हिल्सा नाकामा सीमा प्रवेश गेट निर्माण (तस्बिरसहित)

Read Time : < 1 मिनेट
२०७७ भदौ २३ मंगलबार १५:३७:००

उत्तरी चीनको सीमासँग जोडिएको हिल्सा नाकामा पहिचान झल्किने सीमा प्रवेश गेट निर्माण भएको छ । 

कर्णाली  प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग र डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक सहयोगमा सीमा प्रवेश ढोका निर्माण भएको हो । 

मानसरोवर कैलाशको मुख्य प्रवेशद्वार रहेको हिल्सा नाकालाई व्यवस्थित गर्न उद्देश्यले ७५ लाखमा सीमा प्रवेश ढोका निर्माण भएको डिभिजन वन कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख नीरज झाले जानकारी दिए । 

कैलाश मानसरोवरको मुख्य प्रवेशद्वार भएकोले हिल्सा नाकालाई व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यले पाँच लाख डिपिआर  र ७० लाख बजेटमा प्रवेशद्वार निर्माण भएको कार्यालय प्रमुख झाले बताए । 

गत जेठ १३ गते सम्झौता भएर असार २५ भित्रै प्रवेशद्वार निर्माणको काम सम्पन्न भएको कार्यालय प्रमुख झाको भनाइ छ ।