१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार २o:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुगु सदरमुकाम गमगढी पाँच दिनदेखि अन्धकार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २o:o६:oo

जिल्ला सदरमुकाम गमगढीलगायत आसपासका बस्ती पाँच दिनदेखि अन्धकार भएका छन् । गमगाढ साना जलविद्युत् आयोजनाको विद्युतगृहको मोटरमा बुधबार राति ११ बजेदेखि समस्या भई विद्युत् उत्पादन रोकिएपछि ती बस्ती अन्धकार भएका हुन् ।

आयोजनाका निमित्त कार्यालय प्रमुख रामबहादुर महतका अनुसार बिग्रिएको मोटर मर्मतका लागि नेपालगन्ज पठाइएको छ । मोटर मर्मत गरी पुनः नियमित विद्युत् उत्पादन गर्न एक साता लाग्ने उनको भनाइ छ । यदि नेपालगन्जमा नबने काठमाडाैं पठाउनुपर्ने उनले बताए । यसअघि पनि २३ साउनमा विद्युतगृहमा रहेको नोजलमा समस्या आउँदा काम चलाउ गरेर विद्युत् उत्पादन गरिँदै आएको थियो । 

विद्युत् नहुँदा छायाँनाथ रारा नगरपालिकाका १४ वडामध्ये ११ वडाका दुई हजार चार सय आठजना ग्राहक अँध्यारोमा बस्नुपरेको छ । साथै सरकारी, गैरसरकारी तथा वित्तीय संस्थाको कामकाजसमेत प्रभावित भएको छ । जिल्लाका करिब दश हजार घरधुरीलाई लक्षित गरी निर्माण गरिएको यस आयोजनामा पटकपटक समस्या आउन थालेपछि स्थानीयले समस्या भोग्दै आएका छन् । यस आयोजनाको चार सय किलोवाट विद्युत् उत्पादन क्षमता रहेको छ । 

नियमित कार्यालय प्रमुख महतले विद्युत् प्राधिकरणले अब पुरानो प्रविधिको विद्युत् उत्पादन सिस्टमलाई विस्थापन गरी आद्युनिक प्रविधिमा आधारित मेसिन जडान गर्नुपर्ने बताए । विद्युतगृहमा रहेका मेसिन पुरानो भएका र अहिले बजारमा यस मोडेलका सामान नै पाउन मुस्किल पर्ने उनको भनाइ छ । सानो समस्या आए पनि सामानका लागि चीनका विभिन्न सहरका कम्पनीमा धाउनुपर्ने बाध्यता रहेको र चीनबाटै सामान ल्याउनुपर्ने अवस्थाले थप समस्या हुने गमगाढ वितरण केन्द्रले जनाएको छ । 

स्वास्थ्य सेवासमेत प्रभावित
विद्युत् नभएका कारण अस्पतालको एक्सरे, भिडियो एक्सरे, फिजियो थेरापी, सुत्केरी सेवा, नियोनेटल कियरलगायत सेवासमेत प्रभावित भएका छन् । 
जिल्ला अस्पताल मुगुका प्रमुख डा. निर्मल नगरकोटीले आकस्मिक तथा सामान्य सबैखाले सेवा प्रभावित भएको बताए । रातको समयमा आउने आकस्मिक बिरामीको उपचार थप कठिन भएको उनले बताए । 
 

ad
ad