१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १२:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

लमजुङमा १४ दिनको नाबालकसहित २६ जना नयाँ संक्रमित थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:४४:oo

लमजुङमा मंगलबार १४ दिनको नाबालकसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले १६ पुरुष र १० महिला गरी २६ जनामा कोरोना  पोजेटिभ देखिएको बताएको छ ।

नयाँ संक्रमित हुनेमा लमजुङमा कार्यरत नेपाल प्रहरीका चारजना, जिल्ला सामुदायिक अस्पतालको वार्डमा रहेका १४ दिनको बालकसहित पाँचजना, अस्पतालको एक पुरुष कर्मचारी,  ग्लोबल बैंकमा कार्यरत पाँचजना कर्मचारी, बेसीसहरमा कार्यरत एक सञ्चारकर्मी महिलाामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै लमजुङका १० जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । योसँगै लमजुङमा हालसम्म कोरोना संक्रमितको संख्या दुई सय १५  पुगेको छ भने एक सय १३ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

ad
ad