मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १० शुक्रबार
  • Friday, 23 April, 2021
नवराज मैनाली काठमाडौं
२०७७ भदौ ५ शुक्रबार १९:४१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सीमा सुरक्षाका लागि आठ जिल्लामा सशस्त्र प्रहरीको रिजर्भ गण, ६५ बिओपी थप हुँदै 

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ भदौ ५ शुक्रबार १९:४१:००

सीमा सुरक्षा मात्र हेर्ने जिम्मेवारीसहित सशस्त्र प्रहरी बलले तराईका आठ जिल्लामा रिजर्भ गण स्थापना गरेको छ । यसअघि भन्सार, राजस्व तथा औद्योगिक गुल्ममा खटाइएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा खटाइएको हो । 

झापा, सुनसरी, महोत्तरी, बारा, कपिलवस्तु, बाँके, कैलाली र दार्चुलामा रिजर्भ गण स्थापना भएको हो ।  यी गणले भारतसँगको सीमामा नयाँ बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरी सीमाको सुरक्षा गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालले बताए । ‘६५ वटा नयाँ बिओपी स्थापनाका लागि टेन्डर भइरहेको छ,’ डिआइजी अर्यालले भने, ‘यो वर्ष दुई सय २१ बिओपी पुऱ्याउने हाम्रो लक्ष्य छ ।’ भारत र चीनको सिमानामा हाल सशस्त्र प्रहरीका एक सय ४२ बिओपी छन् । 

उता नेपाल–भारत सीमामा भारतको सशस्त्र सीमा बल (एसएसबी)को पाँच सय पोस्ट छन् । नेपालले पनि केही वर्षभित्रै पाँच सय बिओपी पुऱ्याउने तयारी गरेको छ । नयाँ गण स्थापना भएसँगै सीमामा सशस्त्र प्रहरीको जनशक्ति करिब १० हजार पुगेको छ । करिब १८ सय किलोमिटर लामो खुला सीमा नियमनका लागि जनशक्ति पर्याप्त नभएको भन्दै सशस्त्रले दरबन्दी थपका लागि आग्रह गरेको छ । तर, तत्काल दरबन्दी थप हुने सम्भावना नभएपछि भन्सार, राजस्व र औद्योगिक सुरक्षाको जिम्मेवारीबाट सशस्त्रलाई हटाएर सीमामा बढाउन लागिएको हो । 

नयाँ स्थापना भएका गणले तीनवटासम्म जिल्लामा रहने नयाँ बिओपीको कमाण्ड गर्नेछ । तराईका सबै जिल्लामा सशस्त्र प्रहरीको पहिलेदेखि गण रहेको छ । ‘पहिलको गणले नियमित शान्ति सुरक्षा हेर्छ,’ डिआइजी अर्यालले भने, ‘नयाँ गणले सीमाको सुरक्षा मात्र हेर्नेछ ।’ आठैवटा बाहिनीका प्रमुखहरूसँग कार्यसम्पादन मूल्यांकन गरी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले तोकिएकै मितिभित्र नयाँ बिओपी स्थापना गर्न निर्देशन दिएका थिए । 

पछिल्लो समय भारतसँग सीमा विवाद बढेपछि सरकारले सीमामा सशस्त्रको उपस्थिति बढाउन लागेको हो । खुला सिमानाका कारण कोरोना महामारीमा समेत भारतबाट लुकिछिपी भित्रनेका कारण नेपालमा संक्रमण बढिरहेको छ ।