मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ६ सोमबार
  • Monday, 19 April, 2021
२०७७ श्रावण २८ बुधबार १४:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पत्रकार बानियाँ मृत भेटिए

Read Time : < 1 मिनेट
२०७७ श्रावण २८ बुधबार १४:४२:००

दुई दिनदेखि सम्पर्कविहीन भएका पत्रकार बलराम बानियाँ मृत अवस्थामा भेटिएका छन् । मंगलबार मकवानपुरको भीमफेदी गाउँपालिका– ८ सिस्नेरीस्थित माण्डु हाइड्रो पावरमा फेलापरेको शव पत्रकार बानियाँको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार बिहान ११ बजे माण्डु हाइड्रो पावरको हेड बक्समा भेटिएको शव बानियाँको भएको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका एसपी सुशीलसिंह राठौरले जानकारी दिए । 

अहिले बानियाँको शव हेटौँडा अस्पतालमा राखिएको छ । प्रहरीले मंगलबार नै शव फेला पारे पनि पहिचान खुल्न सकेको थिएन ।

बानियाँको शव भेटिए पनि हालसम्म परिवार र कोही आफन्तले पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सम्पर्क नगरेको एसपी राठौरले बताए । ‘आफन्तले सम्पर्क नगरेका कारण शव कसकाे भन्ने पुष्टि गर्न सकिएको छैन,’ उनले भने, ‘तर, फोटो सञ्चारकर्मीलाई देखाएपछि बानियाँकै भन्ने दाबी गरिएको छ ।’

एसपी राठौरका अनुसार मंगलबार हाइड्रो पावरमा पानीको बहाव कम भएपछि शव देखिएको थियो । त्यसपछि तत्काल प्रहरी शव निकालेको राठौरको भनाइ छ । 

बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन थिए । उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको स्थानीयको भनाइ छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको काठमाडौं प्रहरीले जनाएको छ ।

बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर, पानीको अत्यधिक बहावले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । 

बानियाँ पछिल्लाे पटक विगत एक दशक अघिदेखि कान्तिपुर दैनिकमा कार्यरत थिए ।