समाचार
सर्लाहीमा एक साता लकडाउन घोषणा
२०७७ श्रावण २० मंगलबार १९:४३:००
जिल्ला प्रशासन कार्यालय सर्लाहीले एक साताका लागि लकडाउनको घोषणा गरेको छ । कार्यालयद्वारा मंगलबार जारी सूचनाअनुसार २१ साउन बिहान ६ बजेदेखि लकडाउन हुनेछ ।
लकडाउनका वेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई कार्यालयले आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम निरन्तर बढेकाले कोरोना रोकथामका लागि २१ देखि २७ साउनसम्म लकडाउन घोषणा गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
सूचनाअनुसार बुधबार लकडाउनका वेला पेट्रोल पम्प, औषधि पसल र खाद्यान्नका पसल भने सञ्चालन गर्न पाइनेछ । यसबाहेक सवारी पास भएका सवारीसाधनलाई मात्रै सञ्चालन गर्न दिइनेछ । लकडाउन अवधिभर जिल्लामा लाग्दै आएका सम्पूर्ण किसिमका हाटबजार तथा मेलासमेत निषेध गरिएको प्रजिअ पौडेलले बताए ।