Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2020
२०७७ श्रावण १९ सोमबार २०:४३:००
प्रदेश

माछापोखरीमा डुबेर एकजनाको मृत्यु

२०७७ श्रावण १९ सोमबार २०:४३:००

माछालाई दाना हाल्ने क्रममा माछापोखरीमा डुबेर रुपन्देहीमा सोमबार एकजनाको ज्यान गएको छ । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार  तिलोत्तमा नगरपालिका– ६ पूर्व पौनीका रामबहादुर चौधरीको माछापोखरीमा डुबेर मृत्यु भएको हो । 

उनी पोखरीमा डुबेको थाहा पाएर श्रीमती र छोराले स्थानीयलाई खबर गरेका थिए । स्थानीयले माछापोखरीबाट चौधरीलाई निकालेर उपचारको लागि क्रिमसन अस्पताल लगेका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यस्तै, रुपन्देहीकै तिलोत्तमा नगरपालिका–५ मणिग्राममा एक बालक खेल्ने क्रममा कुलोमा खस्दा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार   पर्वत स्थायी घर भएका किसान परियारका चार वर्षीय छोरा आरएन परियार खेल्ने क्रममा कुलोमा एक्कासि खसेका थिए । कुलोमा बालक बगिरहेकोको स्थानीयले देखेर उद्धार गरेर अस्पताल पुऱ्याएका थिए । उनको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको प्रहरीले जनाएको छ ।