Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २४ शनिबार
  • Saturday, 08 August, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १७ शनिबार १३:४२:००
मुख्य समाचार डिजिटल संस्करण

सभामुखको सुरक्षामा खटिने सुरक्षाकर्मीमा कोरोना देखियो

नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १७ शनिबार १३:४२:००

सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका एकजना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।

सापकाेटाकाे अगुवा सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको सभामुखनिकट स्रोतले बताएको छ ।

कोरोना पोजेटिभ देखिएका सुरक्षाकर्मी ६ साउनदेखि सुरक्षामा नखटिएको सभामुख सचिवालयले जनाएको छ । 

कन्ट्याक ट्रेसिङका क्रममा परीक्षण गर्दा सुरक्षाकर्मीमा पोजेटिभ देखिएको हो । 

सचिवालय स्रोतले भन्यो,  ‘उहाँ ६ गतेयता सुरक्षामा खटिनुभएको छैन । उहाँ हेडक्वार्टरमा बस्नुहुन्थ्यो । ट्रेसिङ गर्दा उहाँमा पनि देखियो ।’

संक्रमित सुरक्षाकर्मीको कन्ट्याक ट्रेसिङका आधारमा अन्यको पनि पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको र त्यसको नतिजा भोलिसम्म आउने सचिवालय स्राेतले बतायाे ।