Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण १९ सोमबार
  • Monday, 03 August, 2020
नयाँ पत्रिका विराटनगर
२०७७ असार २९ सोमबार १७:५२:००
प्रदेश

प्रदेश १ मा कोरोना : ६ संक्रमित थपिए, ३३ जना डिस्चार्ज 

नयाँ पत्रिका, विराटनगर
२०७७ असार २९ सोमबार १७:५२:००

प्रदेश १ मा पछिल्लो २४ घन्टामा ६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ काे सामाजिक विकास मन्त्रालयद्वारा जारी अपडेटअनुसार सोमबार झापाको गौरीगन्जमा तीन पुरुष र दमकमा एक पुरुष, मोरङकाे कटहरी र सुनसरीको रामधुनीका एक–एकजनामा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

हालसम्म प्रदेश १ मा कोरोना संक्रमतिको संख्या सात सय ३० पुगेको छ । सोमबार पूर्वाञ्चल विश्वविद्यालय कोभिड- १९ आइसोलेसन अस्पतालमा उपचाररत झापाका २०, मोरङका पाँच, संखुवासभाका तीन, सुनसरी र खोटाङका दुई–दुई र ताप्लेजुङका एक पुरुषसहित ३३ जना डिस्चार्ज भएका हुन । हालसम्म प्रदेश १ बाट कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ६ सय चार पुगेको छ  ।