Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २८ बुधबार
  • Wednesday, 12 August, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २७ शनिबार १८:३४:००
समाचार डिजिटल संस्करण

कोरोना आशंकामा आयल निगमका एक कर्मचारी आइसोलेसनमा

नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २७ शनिबार १८:३४:००

नेपाल आयल निगम प्रदेश २ अन्तर्गत रहेको शाखा कार्यालय वीरगन्जमा कार्यरत सहायकस्तरको एक कर्मचारी (टेक्निसियन) लाई कोरोना आशंका गरिएको छ । उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार थालिएको छ । 

मुटु रोगबाट पीडित ती कर्मचारी  मुटुमा अप्ठ्यारो भएपछि गत आइतबार काठमाडौं आएका थिए । ‘मुटुमा केही अप्ठ्यारो भएपछि आइतबार काठमाडौं आउनुभएको रहेछ,’ निगमसम्बद्ध स्रोतले भन्यो, ‘ललितपुरको मेडिसिडी अस्पतालमा मंगलबार मुटु रोग उपचार गर्नुअघि आरडिटी परीक्षण गर्दा पोजेटिभ देखियो ।’ आरडिटीमा कोरोना पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा लगिएको थियो । उनले भने, ‘पहिलोपटक पिसिआर परीक्षण गर्दा स्पष्ट नभएकाले पुनः स्वाब लिएको छ । यसको रिपोर्ट आउन बाँकी छ । रिपोर्ट नआउन्जेल उनलाई आइसाेलेसनमा राखिएको छ ।’ उनमा कोरोना भाइरसको कुनै लक्षण भने देखिएको छैन ।

ती कर्मचारी फिल्डमा काम गर्ने भएकाले तेल बोक्ने ट्यांकरका चालक, सहचालकलगायतसँग नियमित सम्पर्क रहने गर्थे । यस्तै कहिलेकाहीँ दुई किलोमिटर टाढा रहेको इन्डियन आयल कर्पोरेसनको रक्सौल डिपोमा समेत पुग्ने गरेका थिए । 

वीरगन्ज कार्यालयका सबै कर्मचारीको स्वाब संकलन
यसैबीच, वीरगन्ज कार्यालयका सबै कर्मचारीको शुक्रबार पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । कार्यालयमा समेत उच्च  सतर्कता अपनाएर काम भइरहेको शाखा प्रमुख रामकुमार न्यौपानेले बताए । ‘कर्मचारीहरू कार्यालयभन्दा बाहिर जाने गरेका छैनौँ । चलानी र पम्प व्यवसायीको बैंक भौचरसमेत सर्तकता अपनाएर कम्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ,’ उनले भने ।

वीरगन्ज कार्यालयमा भण्डारण गृह नभएकाले रक्सौल डिपोबाट आएको तेलको ट्यांकरलाई डिपोमा इन्ट्री गर्ने र लगत राख्ने गरेर सोझै पम्पमा पठाउने गरिएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ११ चैतदेखि लकडाउन जारी राखे पनि आयल निगमको देशभरका कार्यालय खोलेर इन्धन वितरण भइरहेको छ । ‘फ्रन्टलाइन’मा बसेर काम गरिरहेका कारण निगमको विभिन्न डिपोका कर्मचारीमा पनि कोरोनाको जोखिम बढेको छ ।