Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २५ आइतबार
  • Sunday, 09 August, 2020
रमेश रावल वीरेन्द्रनगर
२०७७ असार २६ शुक्रबार १६:००:००
कोरोना अपडेट डिजिटल संस्करण

कर्णालीमा थप २७ जनामा कोरोना, २६ जना डिस्चार्ज

रमेश रावल, वीरेन्द्रनगर
२०७७ असार २६ शुक्रबार १६:००:००

पछिल्लो २४ घन्टामा कर्णालीमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा ११ जना, दैलेख अस्पतालमा गरिएको परीक्षणमा १० जना र प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना भाइरसको संक्रमण  देखिएको हो । 

महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार संक्रमितमध्ये सुर्खेतका ११ जना, सल्यानका १० जना, जाजरकोट र दैलेखका समान दुई–दुईजना र डोल्पा, बाजुराका एक–एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको  हो । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या १५ सय ८८ पुगेको छ । 

२६ जना डिस्चार्ज
शुक्रबार मात्रै कर्णालीका थप २६ जना उपचारपछि डिस्चार्ज भएका छन् । महाशाखा प्रमुख डाक्टर तिवारीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट २५ जना र दुल्लु अस्पताल दैलेखबाट एकजना डिस्चार्ज भएका हुन् । योसँगै कर्णालीमा  उपचारपछि डिस्चार्ज हुनेको संख्या १३ सय ४७ पुगेको छ । हालसम्म दुई सय ३५ जना बिरामीको उपचार  भइरहेको छ ।