Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण १९ सोमबार
  • Monday, 03 August, 2020
फाइल फाेटाे
२०७७ असार २३ मंगलबार १४:२४:००
मुख्य समाचार डिजिटल संस्करण

नेकपा विवाद : दुई अध्यक्षबीच ‘वान अन वान’ छलफल जारी राख्दै स्थायी कमिटी बैठक सुचारु गर्ने समझदारी

२०७७ असार २३ मंगलबार १४:२४:००

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एक्लाएक्लै छलफल जारी राख्दै स्थायी कमिटी बैठक सुचारु गर्ने सहमति भएको छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई अध्यक्षबीच मंगलबार झन्डै दुई घन्टा भएको छलफलमा उनीहरू यस्तो सहमतिमा पुगेका हुन् । 

बिहान ११ः४० देखि १ः३० सम्म भएको छलफलमा दुई अध्यक्षले बुधबारबाट पुनः सुरु हुने तालिकामा रहेको स्थायी कमिटी बैठकलाई निरन्तरता दिने समझदारी गरेका छन् । 

साथै स्थायी कमिटी बैठक चल्दै गर्दा दुई अध्यक्षबीच पनि एक्लाएक्लै छलफल  निरन्तर गर्ने समझदारी भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

उनले निरन्तर छलफल गरी पार्टीभित्र देखिएको विवाद सुल्झाउन प्रयास भइरहने गरी दुई अध्यक्षबीचको कुराकानी अघि बढेको जानकारी दिए । 

सोमबार भएको दुई अध्यक्षको छलफलले दोस्रो तहका नेताहरूलाई वार्तामा सहभागी नगराई अध्यक्षद्वयले एक्लाएक्लै छलफल गर्दै जाने समझदारी भएको थियो ।