मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
मोहन विष्ट कञ्चनपुर
२०७७ जेठ २९ बिहीबार १६:३३:००
Read Time : < 1 मिनेट
समाचार

झ्यालबाट छिरेर सुतिरहेकी बालिकामाथि बलात्कार 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ जेठ २९ बिहीबार १६:३३:००

कञ्चनपुरको बेलौरी नगरपालिका– ७ की १५ वर्षीया बालिकामाथि बलात्कार भएको छ  । बालिका सुतिरहेकै अवस्थामा बलात्कृत भएको आफन्तले जनाएका छन् । 

गएराति बालिका सुतेकै अवस्थामा २३ वर्षीय वीरु चौधरीले झ्यालबाट छिरेर उनीमाथि बलात्कार गरेको परिवारको भनाइ छ ।  परिवारको उजुरीपछि  इलाका प्रहरी कार्यालय बेलौरीले चौधरीलाई पक्राउ गरेको छ  । 

‘बालिका सुत्ने कोठाको झ्यालमा छड थिएनन्,’ पीडित बालिकाका आफन्तले भने, ‘सुटुक्क आएर जबर्जस्ती करण गरेर बालिकाको इज्जत लुट्यो ।’ इलाका प्रहरी कार्यालय बेलौरीले चौधरी र बालिकाको स्वास्थ्य परीक्षणका लागि सेती अस्पताल लगेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रणबहादुर चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए । स्थानीयले घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।