सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २९ सोमबार
  • Monday, 13 July, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २१ बुधबार ०९:१७:००
प्रेरक प्रसंग

प्रेरक प्रसंग : रिसको नियन्त्रण

नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ २१ बुधबार ०९:१७:००

एक बालक अत्यन्त रिसाहा थिए । उनी छिनछिनमै रिसाइरहन्थे । एक दिन उनका पिताले फलामे किलाको एउटा थैलो दिँदै भने- बाबु, तिमीलाई दिनमा जतिपटक रिस उठ्छ, त्यति नै पटक यो थैलाबाट निकालेर एउटा किला यो भित्तोमा ठोकिदिनू । 

जब तिमी रिसाउँछौ, त्यतिखेर रिसमा निस्कने शब्द र विचारले पनि तिम्रो व्यक्तित्वमाथि गहिरा घाउ बनाउँछन् । र, ती घाउ सजिलै निको हुन सक्दैनन् ।

बालक पहिलो दिन ४० पटक रिसाए र उनले ४० वटै किला भित्तामा ठोकिदिए । दिनदिनै किला ठोक्दै जाँदा किलाको संख्या घट्दै गयो । उनलाई किला ठोक्न यति धेरै मिहिनेत गर्नुभन्दा रिसमाथि नियन्त्रण गर्नु ठीक लाग्न थाल्यो । पछिल्लो सातामा उनले आफ्नो रिसमाथि केही हदसम्म नियन्त्रण राख्न सिके ।  यस्तो हुँदै जाँदा यस्तो दिन पनि आयो, जुन दिन बालकले एउटै किला पनि भित्तामा ठोक्नुपरेन । 

बालकले यसबारे आफ्ना पितालाई बताए । पिताले उनलाई पुनः अर्को काम दिए । उनले भने– अब तिमी जुन दिन एकपटक पनि रिसाउँदैनौ, त्यस दिन यस भित्ताबाट एउटा किला निकाल्ने गर । बालकले यसै गरे । धेरै दिनपछि उनले भित्ताका सबै किला निकाली भ्याए । त्यसपछि उनले खुसी हुँदै पितालाई यो कुरा सुनाए।

छोराको कुरा सुनेपछि पिताले उनलाई सोही भित्तोनजिक लगे र भने– बाबु, तिमीले निकै राम्रो काम ग-यौ । तर, के तिमी यो पर्खालमा किलाले पारेका प्वाल देखिरहेका छौ ? अब यो पर्खाल पहिलेजस्तो बन्न सक्दैन । यसका लागि हामीले धेरै मिहिनेत गर्नुपर्छ ।

जब तिमी रिसाउँछौ, त्यतिखेर रिसमा निस्कने शब्द र विचारले पनि तिम्रो व्यक्तित्वमाथि गहिरा घाउ बनाउँछन् । र, ती घाउ सजिलै निको हुन सक्दैनन् । त्यसैले फेरि-फेरि रिस उठ्दा यो सत्य जहिल्यै मनन गर्नू ।