सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार ३१ बुधबार
  • Wednesday, 15 July, 2020
२०७७ जेठ १५ बिहीबार १२:०६:००
समाचार

जबर्जस्ती करणी प्रयासमा पक्राउ परेका युवक पुर्पक्षका लागि कारागार चलान

२०७७ जेठ १५ बिहीबार १२:०६:००

जबर्जस्ती करणी प्रयासको आरोपमा पक्राउ परेका एक युवालाई रसुवा अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । 

गोसाइँकुण्ड गाउँपालिका– ५ का आले च्याङ भनिने छोवाङ नाम्ग्याल घलेलाई रसुवा अदालतका न्यायाधीश राजेन्द्र नेपालको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकाे हाे ।  

गत २३ वैशाखमा घलेले मादक पदार्थ सेवन गरी एक महिलामाथि जबर्जस्ती करणी प्रयास गरेको आरोप लागेको थियो । 

अदालतकाे आदेशबमाेजिम घलेलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला कारागार पठाइएको जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।