सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २८ आइतबार
  • Sunday, 12 July, 2020
गोविन्द सुवेदी पोखरा
२०७७ जेठ ११ आइतबार १२:२४:००
अर्थ

पोखरा महानगरको योजना : एक वडा एक पब्लिक कम्पनी

गोविन्द सुवेदी पोखरा
२०७७ जेठ ११ आइतबार १२:२४:००
?>

पोखरा महानगरपालिकाले अगामी आर्थिक वर्षमा प्रत्येक वडामा एउटा पब्लिक कम्पनीको स्थापना गर्ने गरी छलफल अगाडि बढाएको छ ।

महानगरले ‘एक वडा, एक पब्लिक कम्पनी’सँगै आफ्नै बैंक स्थापना गर्ने योजना पनि अगाडि सारेको छ । मेयर मानबहादुर जिसीले संविधानको मर्मअनुरूप समाजवादउन्मुख अर्थव्यवस्थाका लागि अब यस्ता योजना आवश्यक रहेको बताए । सरकार र नागरिकको उचित साझेदारी नहुँदा समस्या रहने कोरोना भाइरस संक्रमणको वर्तमान अवस्थाले पाठ सिकाएको उनको भनाइ छ ।

आत्मनिर्भर अर्थतन्त्र आवश्यक रहेको र प्रत्येक नागरिकलाई उत्पादनमा जोड्ने महानगरको अवधारणाअनुरूप आगामी आर्थिक वर्षमा आफ्नै बैंक र एक वडा एक पब्लिक कम्पनीको अवधारणासहित अगाडि बढ्ने गरी तयारी गरिएको उनले बताए । ‘उत्पादनमा हरेक नागरिकलाई जोड्न सकियोस्,’ उनले भने, ‘त्यस्तै विपतका वेला महानगरवासीलाई सहुलियत दिने र सहकार्य गर्ने कुरामा पनि यस्तो योजना फलदायी हुने अपेक्षा राखेका छौँ ।’

पोखरा महानगरको सहरी योजना आयोगका उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले यससम्बन्धी अवधारणा महानगरको ३८औँ कार्यपालिका बैठकमा पेस भएर छलफल अगाडि बढाइसकेको जानकारी दिए । यिनै योजनामा टेकेर महानगरले ४० हजार रोजगारी सिर्जना गर्ने र यस्ता पब्लिक कम्पनीमार्फत उत्पादित वस्तु तथा सेवा अन्य उत्पादकले भन्दा गुणस्तरीय र सस्तोमा उपभोक्तालाई उपलब्ध हुने उनले दाबी गरे ।

त्यसका लागि सात अर्ब २० करोड लगानी हुने पनि उपाध्यक्ष डा. लामिछानेले बताए । कम्पनीमा तीन अर्ब ६० करोड रुपैयाँ महानगरले लगानी गर्नेछ भने त्यति नै रकम नगरवासी नागरिकले लगानी गर्नुपर्नेछ । प्रत्येक घरले निश्चित रकम सेयर हाल्ने र त्यहीअनुरूपको स्वामित्व रहने उनले बताए । लगानी गर्न नसक्ने परिवारका लागि महानगरले नै रोजगारी दिएर पारिश्रमिकबाट लगानी जुटाउने योजना बनाएको पनि उनले बताए ।