मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंग0प्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १७ शनिबार
  • Saturday, 30 May, 2020
एजेन्सी
२०७७ जेठ ९ शुक्रबार १६:१७:००
विश्व

पाकिस्तानमा ९० यात्रु बाेकेकाे विमान दुर्घटनाग्रस्त

एजेन्सी
२०७७ जेठ ९ शुक्रबार १६:१७:००

पाकिस्तान अन्तर्राष्ट्रिय एयरलायन्स (पिआइए) काे यात्रुवाहक विमान शुक्रबार दुर्घटनाग्रस्त भएको छ ।

लाहोरबाट कराँची गएकाे विमान अवतरणका क्रममा दुर्घटना भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ । पाकिस्तानी अधिकारीका अनुसार जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलको रनवेनजिक दुर्घटना भएको हो । विमानमा ९० जना रहेको समाचारमा उल्लेख छ ।

विमानको ल्यान्डिङ गेयरमा समस्या आएर दुर्घटना भएको अनुमान गरिएको छ । घटनापछि सो क्षेत्रमा धुँवा देखिएको छ । पाकिस्तानमा काेराेना भाइरसका कारण गरिएकाे लकडाउन खोलेपछि हवाई उडान सुरु भएकाे थियाे ।