Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २७ मंगलबार
  • Tuesday, 11 August, 2020
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ६ मंगलबार २०:४०:००
राजनीति

कोरोना नियन्त्रणमा सरकार निकम्मा : उपसभापति निधि

नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ६ मंगलबार २०:४०:००

कांग्रेस उपसभापति विमलेन्द्र निधिले कोरोना भाइस नियन्त्रण गर्ने सवालमा वर्तमान सरकार निकम्मा भएको टिप्पणी गरेका छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भिडिओ कन्फ्रेन्स बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुखसमेत रहेका निधिले कोरोना भाइरसको संक्रमण सुरु भएको यति लामो समय बितिसक्दा पनि त्यसको नियन्त्रणका लागि सरकारसँग कुनै योजना नहुनु दुःखद भएको बताए।

लकडाउन र सामाजिक दूरीबाहेक सरकारले कोरोना नियन्त्रणका सवालमा सिन्को भाँच्न नसकेको उनको भनाइ थियो। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको भरपर्दो परीक्षण विधि नहुनु तथा पर्याप्त आइसोलेसन वार्ड र क्वारेन्टाइन नहुनुले सरकार यसप्रति कत्तिको गम्भीर छ भन्ने प्रस्ट भएको उपसभापति निधिले उल्लेख गरे।

भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउने सवालमा उच्चस्तरीय कूटनीतिक पहल गर्न ओली सरकार पूर्णतः असफल भएको निधिको आरोप छ । संख्यात्मक हिसाबले जतिसुकै बलियो भए पनि राजनीतिक र नैतिक हिसाबमा सरकारले शासन गर्ने आधार गुमाइसकेको उनको भनाइ थियो ।

प्रतिष्ठानको सदस्यसमेत रहेकी कांग्रेस नेतृ डा. आरजु राणाले मन्त्रिपरिषद् बैठकबाट नक्सा फेरेर मात्र नेपाली भूभाग फिर्ता नआउने भएकोले सार्थक कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले अहिले देखिएको कोरोना भाइरसका विषयमा कांग्रेसले विज्ञहरूसँग बसेर छलफल गरी जिम्मेवार प्रतिपक्षका नाताले आगामी रणनीति तय गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले समसामयिक राजनीतिका साथै प्रतिष्ठानले सञ्चालन गर्ने प्रदेश र तल्लो तहको तालिमका विषयमा बुधबार भिडियो कन्फ्रेन्स बैठकमा थप छलफल गरी आगामी कार्यक्रम तय गरिने बताए ।