मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १९ सोमबार
  • Monday, 01 June, 2020
एजेन्सी
२०७७ बैशाख २६ शुक्रबार ११:५३:००
विश्व

चीनले भाइरस उत्पत्तिबारे अनुसन्धान गर्न डब्ल्युएचओलाई सहयोग गर्ने 

एजेन्सी
२०७७ बैशाख २६ शुक्रबार ११:५३:००

चीनले कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई सहयोग गर्ने बताएको छ । चीनले यो अनुसन्धान राजनीतिक नभएर वैज्ञानिक हुनुपर्नेमा पनि जोड दिएको छ ।

अमेरिकाले चीनले दिएको भाइरससम्बन्धी जानकारीमा पारदर्शिता नभएको आरोप लगाउँदै आएको छ । भाइरस चीनको प्रयोगशालामा तयार पारिएको र यसको संक्रमण त्यहीँ रोक्न सक्ने अवस्थामा त्यसो हुन नसकेको अमेरिकी आरोप छ । चीनले भने अमेरिकाको आरोप अस्वीकार गर्दै आइरहेको छ । 

अफ्रिकामा एक लाख ९० हजारको मृत्यु हुन सक्ने 
विश्व स्वास्थ्य संगठनले एक अध्ययनका आधारमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नसके अफ्रिकामा ८३ हजारदेखि एक लाख ९० हजार मानिसको मृत्यु हुन सक्ने बताएको छ । 

यो अनुमान प्रेडिक्सन मोडेल र अफ्रिकाको ४७ देशको तथ्यांक विश्लेषणका आधारमा तयार पारिएको हो । अध्ययनअनुसार अल्जेरिया, दक्षिण अफ्रिका र क्यामरुनमा रोकथामका लागि उचित ध्यान नदिए सबैभन्दा बढी जोखिम रहेको छ । 

संगठनका अनुसार पहिलो चरणमा दुई करोड ९० लाखदेखि चार करोड ४० लाखसम्म संक्रमित हुन सक्ने जनाएको छ । 

अमेरिकी सडक चिनियाँ डाक्टरको नामबाट राख्न प्रस्ताव 
अमेरिकी सिनेटका केही सदस्यले वासिंगन सहरमा रहेको चिनियाँ दूतावासको सडकको नाम चिनियाँ डाक्टर लि बेनलियांगको नामबाट राख्ने प्रस्ताव गरेका छन् । 

डाक्टर लिले चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमित व्यक्तिको सबैभन्दा पहिला पहिचान गरेका थिए । उनले केही बिरामीमा सार्सको जस्तो लक्षण देखिएको बताएका थिए ।

डा. लिले यसले भयावह अवस्था सिर्जना गर्न सक्ने बताएपछि स्थानीय सरकारले उनलाई अफवाह फैलाएको भन्दै चेतावनी दिएको थियो । पछि डा. लिको भाइरसकै संक्रमणबाट मृत्यु भयो । 

अमेरिकामा चिनियाँ दूतावास रहेको सडकलाई इन्टरनेसनल प्लेसबाट चिनिन्छ । सन् २०१४ मा पनि केही सिनेटरले यो नाम फेरेर चीनका एक नोबेल पुरस्कार विजेताको नामबाट राख्न खोजेका थिए ।