मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ १४ बुधबार
  • Wednesday, 27 January, 2021
एजेन्सी
२०७७ बैशाख १६ मंगलबार १०:५२:००
विश्व

कोरोनाविरुद्ध लड्न क्युवाका दुई सय चिकित्सक दक्षिण अफ्रिका पुगे 

एजेन्सी
२०७७ बैशाख १६ मंगलबार १०:५२:००

क्युवाका दुई सयभन्दा बढी चिकित्सक कोरोना भाइरसविरुद्ध लड्न सहयोग पुऱ्याउन दक्षिण अफ्रिका पुगेका छन् । 

उक्त टोलीमा क्युवाले कोभिड– १९ को उपचारमा सहयोग पुऱ्याउन विश्वका विभिन्न २२ वटा देशमा पठाएका एक हजार दुई सय स्वास्थ्यकर्मीमध्येका छन् । दक्षिण अफ्रिकाले अर्को महिनादेखि लकडाउनका प्रतिबन्ध खुकुलो बनाउने बताएको छ । 

सुरुमा करिब १५ लाख मानिसलाई काममा फर्किन अनुमति दिइनेछ, केही विद्यालय खुल्नेछन् र अन्य केही आवश्यक सेवाका सञ्चालन गरिनेछ । तर, मदिराको बिक्री र सार्वजनिक जमघटमा लगाइएको प्रतिबन्ध भने यथावत् नै रहनेछ । 

एक बिन्दुमा बेलायतको जस्तै संक्रमणको अवस्था रहेको दक्षिण अफ्रिकामा भाइरसको विस्तारमा आएको सुस्तताले त्यहाँ पर्यवेक्षक अचम्मित भएको जोहान्सबर्गका एन्ड्रयु हार्डिङलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ । 

दक्षिण अफ्रिकाको वैज्ञानिक टिमको नेतृत्व गरिरहेका प्रोफेसर सलिम अब्दुल करिम्बेले त्यहाँका सामाजिक रूपले सबैभन्दा कमजोर र भाइरस संक्रमण फैलिन सक्ने सम्भावना रहेको समुदायलाई लक्षित गरी आफूहरूले काम गरिरहेको बताएका छन् । 

त्यहाँ हालसम्म चार हजार तीन सय ६१ जना भाइरसबाट संक्रमित भएका छन्, जसमध्ये ८६ जनाको मृत्यु भएको छ । 

राष्ट्रपति सिरिल रामाफोसाले भाइरसको संक्रमणको चरम बिन्दु अगस्टसम्ममा पुग्न सक्ने भन्दै तत्कालै सबै प्रतिबन्ध हटाउन नहुने चेतावनी दिएका छन् । 

क्युवाली चिकित्सक आइतबार राति जोहान्सबर्ग पुगेका थिए । उनीहरूलाई त्यहाँको स्वास्थ्य विभागले दक्षिण अफ्रिकाका विभिन्न प्रान्तमा पठाउने क्युवाका राजदूत रोडोल्फो बेनिटेज भर्जनले बताए । 

दक्षिण अफ्रिकामा श्वेत अल्पसंख्यकको शासन हटाउन क्युवाले सहयोग गरेदेखि यी दुई देशबीच घनिष्ठ सम्बन्ध छ । जुन शासन सन् १९९४ मा नेल्सन मन्डेला राष्ट्रपति निर्वाचित नहुँदासम्म थियो । 

क्युवा विश्वभर मेडिकल डिप्लोमेसी (चिकित्सा कूटनीति) का लागि प्रख्यात छ । 

यता, राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको अमेरिकी सरकारले क्युवाले चिकित्सकहरूको शोषण गरेको भन्दै यस देशको मेडिकल मिसनलाई स्वीकार नगर्न अन्य देशहरूलाई आग्रह गरिरहेको छ । तर, हभानाले अमेरिकाले लगाएको आरोप अस्वीकार गर्दै आइरहेको छ । 

क्युवामा कोरोना भाइरस संक्रमितको संख्या एक हजार तीन सय ३७ पुगेको छ र ५१ जनाको मृत्यु भएको छ । यहाँ जनसंख्याको अनुपातमा विश्वका सबैभन्दा धेरै चिकित्सक छन्, यस देशले भाइरसको संक्रमण फैलिनभन्दा अगाडिदेखि नै यसको नियन्त्रणका लागि तयारी गरेको थियो । 

समाचार एजेन्सी रोयटर्सका अनुसार महामारीविरुद्ध लड्न समुदायमा आधारित प्राथमिक स्वास्थ्य सेवा र यसको  रोकथामका लागि प्रसिद्ध छ ।