सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २३ मंगलबार
  • Tuesday, 07 July, 2020
एजेन्सी लन्डन
२०७६ चैत २७ बिहीबार ०६:४०:००
खेलकुद

स्टोक्स विस्डन वर्ष खेलाडी घोषित

एजेन्सी लन्डन
२०७६ चैत २७ बिहीबार ०६:४०:००
?>

इंग्ल्यान्डका अलराउन्डर वेन स्टोक्स विस्डन क्रिकेटर वर्ष खेलाडीबाट सम्मानित भएका छन् । स्टोक्सले भारतका कप्तान विराट कोहलीको वर्चस्व तोडदै सन् २०१९-२० को विस्डन क्रिकेटर अफ द इयर खेलाडी उपाधि जितेका हुन् । कोहलीले पछिल्ला तीन वर्षदेखि लगातार यो उपाधि जित्दै आएका थिए । गत वर्ष इंग्ल्यान्डलाई पहिलोपटक एकदिवसीय विश्वकप उपाधि दिलाउन स्टोक्सले महत्वपूर्ण भूमिका खेलेका थिए । यसैकारण उनी वर्ष खेलाडी भएको विस्डन पत्रिकाले जनाएको छ । 

स्टोक्सले यसै जनवरी महिनामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रदान गरेको वर्ष खेलाडीको पुरस्कारसमेत जितेका थिए । एकै सिजनमा आइसिसी तथा विस्डन क्रिकेटर अफ द इयर हुने स्टोक्स पहिलो इंग्लिस खेलाडी हुन् । इंग्ल्यान्डका लागि विस्डन वर्ष खेलाडीको उपाधि अन्तिमपटक अलराउन्डर एन्ड्र्यु फिलटनले जितेका थिए । सन् २००५ फिलटनले यो उपाधि हात पारेका थिए । 

गत वर्ष एकदिवसीय विश्वकप तथा एसेज टेस्ट सिरिजमा उत्कृष्ट इनिङ्स खेलका इंग्लिस क्रिकेटर वेन स्टोक्स विस्डन वर्ष खेलाडीबाट सम्मानित

१५ वर्षपछि इंग्लिस खेलाडी विस्डन क्रिकेटर अफ इयर भएका छन् । २८ वर्षीय अलराउन्डर स्टोक्स गत वर्ष लड्र्समा सम्पन्न एकदिवसीय विश्वकपअन्तर्गत न्युजिल्यान्डविरुद्धको फाइनलमा म्यान अफ दी म्याच घोषित भएका थिए । सोही वर्ष स्टोक्स अस्ट्रेलियाविरुद्धको एसेज टेस्टअन्तर्गत तेस्रो खेलमा १३५ रनको अविस्मरणीय इनिङ खेल्न सफल भए । उनको यही प्रदर्शनका कारण इंग्ल्यान्डले अस्ट्रेलियामाथि नाटकीय रूपमा एक विकेटको जित निकालेको थियो ।
 
इंग्ल्यान्डका खेलाडी स्टोक्सको गत वर्षका दुई इनिङ्स जीवनकै अविस्मरणीय रहेको विस्डन पत्रिकाका सम्पादक लाउरेन्स बुथले बताएका छन् । ‘गत वर्ष स्टोक्सको त्यो दुई इनिङ्स हामी कसैले पनि भुल्न सक्दैनौँ, एउटा इनिङ्समा इंग्ल्यान्ड विश्व च्याम्पियन बन्यो भने अर्कोमा अस्ट्रेलियामाथि सानदार जित निकाल्यो,’ सम्पादक बुथले स्टोक्सको प्रशंसा गर्दै भने, ‘स्टोक्सको योगदानमै इंग्ल्यान्ड पहिलोपटक एकदिवसीय विश्व च्याम्पियन बन्न सफल भयो ।’ 

विश्व क्रिकेटकै सबैभन्दा पुरानो पत्रिका विस्डनले स्टोक्सलाई सम्मान गर्नुपछाडि विश्वकप र एसेज सिरिजमा उनको प्रदर्शनलाई नै आधार मानेको छ । सम्पादक बुथ पुनः स्टोक्सको प्रशंसामा भन्छन्, ‘मैले तेस्रो टेस्ट हेरेको थिएँ, त्यो इनिङ्समा इंग्ल्यान्ड लगभग नराम्रोसँगै पराजित हुने अवस्था पुगेको थियो, तर स्टोक्सले यसरी खेले जहाँबाट अस्ट्रेलियाको हार निश्चित र इंग्ल्यान्डको जित पक्का भएको थियो, त्यो पिचमा उनको १३५ रन असम्भवजस्तै थियो ।’ 

विस्डनका सम्पादकले वर्ष खेलाडीका लागि पाँच खेलाडी छनोट गरेका थिए । उनले तीन खेलाडी एसेजको प्रदर्शनअनुसार राखे । जसमा जोफ्रा आचर, प्याट क्युमिन्स तथा मार्नुस लावुस्कचेज रहे । यसैगरी बुथले  सिमोना हामेर तथा इलयेस पेरीलाई अन्तिम पाँचभित्र राखेका थिए ।