मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २२ बिहीबार
  • Thursday, 04 June, 2020
नयाँ पत्रिका नवलपरासी
२०७६ चैत २५ मंगलबार १५:१५:००
समाचार

नवलपरासीमा स्कुटर दुर्घटना, एकको मृत्यु

नयाँ पत्रिका नवलपरासी
२०७६ चैत २५ मंगलबार १५:१५:००

पूर्वी नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा परी एकजनाको निधन भएको छ ।  पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– ५ स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना.५२प३९८६ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक ५२ वर्षीय टकबहादुर  गुरुङको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा गएराति जिल्ला अस्पताल भरतपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।