मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २२ बिहीबार
  • Thursday, 04 June, 2020
२०७६ चैत २१ शुक्रबार २०:३६:००
समाचार

आफूखुसी राहत नबाँड्न मनाङ प्रशासनको चेतावनी

२०७६ चैत २१ शुक्रबार २०:३६:००

कोरोना भाइरस (कोभिड– १९)  को बहानामा जथाभावी सहायता संकलन र वितरण नगर्न जिल्ला प्रशासन कार्यालय मनाङले चेतावनी दिएको छ । जिल्लाभित्र विपन्न र मजदुरी गर्दै आएका नागरिकका लागि खाद्यान्नलगायत राहत सामग्री एकद्वार प्रणालीमार्फत संकलन तथा वितरण गर्न प्रशासनले आग्रह गरेको छ । सबैलाई गाउँपालिकाको वडामार्फत राहत वितरण गर्नुपर्ने र आफूखुसी सहायता सामग्री संकलन तथा वितरण गरेको पाइए कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ । 

मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले कुनै पनि निकाय, संघसंस्था, व्यक्तिले सहायता दिन चाहे सम्बन्धित स्थानीय तहको समन्वयमा दिनुपर्ने बताए । स्थानीय तहले तोकेको मापदण्डअनुसारको सहयोग सामग्री भए मात्र स्थानीय तहले स्वीकार गरी वडास्तरीय समितिमार्फत वितरण गर्न प्रशासनले आग्रह गरेको छ । उनले भने, ‘राहत सामग्री वितरणको विवरण भने जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्छ ।’

सरकारले वडाध्यक्षको संयोजकत्वमा आपूर्ति व्यवस्थापन समिति गठन गर्न निर्देशन दिइसकेको छ । समितिले आफ्नो वडामा रोजगारी नभएका परिवारको लगत संकलन गर्नेछ । आवश्यकताअनुसार चारजनासम्मको परिवार र चारजनाभन्दा बढीको परिवारलाई दुई प्रकारको प्याकेजमार्फत खाद्यान्न वितरण गर्न समितिलाई प्रशासनले आग्रह गरेको छ । 

गण्डकी प्रदेश सरकारले राहत प्याकेजअन्तर्गत हरेक गाउँपालिकाका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको छ । स्थानीय तह आफैँले पनि राहत प्याकेज घोषणा गरेर वितरण थालिसकेका छन् ।