सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २८ आइतबार
  • Sunday, 12 July, 2020
नयाँ पत्रिका जुम्ला
२०७६ चैत ५ बुधबार १७:१९:००
समाचार

एसइई परीक्षामा जुम्लामा एक महिला केन्द्राध्यक्ष

नयाँ पत्रिका जुम्ला
२०७६ चैत ५ बुधबार १७:१९:००
?>

चैत ६ बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि जुम्लामा एकजना मात्र महिला केन्द्राध्यक्ष नियुक्त भएकी छिन् । 

एक नगरपालिकासहित सात गाउँपालिकामा कुल १६ वटा परीक्षा केन्द्रमध्ये एउटा परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष नियुक्त गरिएको जिल्ला परीक्षा समन्वय समितिका सदस्यसचिव मक्कर भण्डारीले जानकारी दिए । 

चन्दननाथ माध्यमिक विद्यालयकी मावि शिक्षक समृता बुढालाई जनता माध्यमिक विद्यालय महतगाउँ परीक्षा केन्द्रको केन्द्राध्यक्ष बनाइएको छ । 

जनता माध्यमिक विद्यालय महतगाउँ परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्त भएकी समृता बुढाले यस वर्षसहित पाँच वर्षसम्म केन्द्राध्यक्षको जिम्मेवारी पाएको बताइन् । उनले भनिन्, ‘आफैँले शिक्षण गरिरहेको विद्यालयमा परीक्षा सञ्चालन गर्न समस्या हुँदैन । तर, फरक विद्यालयमा जाँदा निकै समस्या झेल्नुपरेको विगत वर्षको अनुभव रहेको छ ।’ 

अघिल्लो वर्ष कर्णाली माध्यमिक विद्यालय अनामनगरमा केन्द्राध्यक्षको जिम्मेवारी निभाएको र त्यहाँ निकै कठिनाइ भोग्नुपरेको उनले बताइन् । 

मोबाइल निषेध 
जिल्लामा हुने एसइई परीक्षाहलमा मोबाइल निषेध गरिने भएको छ । मोबाइल, इमेल इन्टरनेट, सामाजिक सञ्जालबाट प्रश्नपत्र बाहिरिने सम्भावना बढी भएपछि जिल्ला परीक्षा समन्वय समितिले परीक्षाहलमा मोबाइल निषेध गर्ने निर्णय गरेको हो ।