• वि.सं २०७६ चैत २२ शनिबार
  • वि.सं २०७६ चैत २२ शनिबार
  • Saturday, 04 April, 2020
ललितपुर
२०७६ माघ १४ मंगलबार ०६:४१:००
समाचार

पुल्चोक इन्जिनियरिङ कलेजमा प्रविधि प्रदर्शनी हुँदै

२०७६ माघ १४ मंगलबार ०६:४१:००

पुल्चोक इन्जिनियरिङ कलेजमा आगामी १७ देखि १९ माघसम्म राष्ट्रिय प्रविधि प्रदर्शनी हुने भएको छ । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीको गैरनाफामूलक संस्था लोकसले प्रदर्शनी आयोजना गर्न लागेको हो ।

लोकसको १७औँ संस्करणको प्रदर्शनी हो । लोकसले संयुक्त राष्ट्रसंघ नेपालसँगको सहकार्यमा कार्यक्रम गर्न लागेको हो । दिगो विकासका १७ लक्ष्यमध्ये तीनवटा लक्ष्य प्रदर्शनीका विषय छन् ।

दिगो विकाससम्बन्धी तेस्रो लक्ष्य ‘राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर,’ सातौँ लक्ष्य ‘खर्चले धान्न सकिने स्वच्छ ऊर्जा’ र ११औँ लक्ष्य ‘सहरहरू र समुदायहरूको दिगोपना’ मा आधारित रही प्रदर्शनी हुनेछ । लोकसकी चिफ करेस्पोन्डेन्ट रचु आचार्यका अनुसार विद्यार्थीको प्राविधिक ज्ञानलाई परिस्कृत गर्दै नयाँ खोज तथा क्षमता अभिवृद्धि गर्न लोकस प्रदर्शनीले सहयोग गर्नेछ ।