• वि.सं २०७६ चैत २३ आइतबार
  • वि.सं २०७६ चैत २३ आइतबार
  • Sunday, 05 April, 2020
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ८ बुधबार १९:५३:००
समाचार

सकियो दुई दिने राष्ट्रिय युवा सम्मेलन

२०७६ माघ ८ बुधबार १९:५३:००

मंगलवारदेखि शुरु भएको दुई दिने राष्ट्रिय युवा सम्मेलन घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलन पश्चात, देशका हरेक कुनाकाप्चामा विभिन्न समस्याहरूसँग सामना गरिरहेका युवाहरूको एकीकृत आवाज युवाका आह्वानहरू र आफ्ना प्रतिबद्धताहरूका रूपमा सरोकारवालाहरूका सामु पुर्याउन घोषणा पत्र अनुमोदन समेत गरेको छ ।

नेपाल सरकार राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा साथि, जागृति बाल तथा युवा सरोकार नेपाल, बेइजिङ्ग पुनरावलोकनका लागि राष्ट्रिय संजालको संयुक्त आयोजनामा  सम्मेलन सम्पन्न भएको हो । 

‘समानताको पुस्ता, प्रतिवद्ध युवा दस्ता’ नाराका साथ नेपालका ७७ वटै जिल्लाका युवाहरूको सहभागिता थियो । सम्मेलनले विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतिबद्धताहरूको कार्यन्वयनमा जोड दिएको छ । 

सन् १९९१ मा नेपालले अनुमोदन गरेको संयुक्त राष्ट्रसंघको महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्ने महासन्धी, सन् १९९४ मा भएको जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, सन् १९९५ मा भएको चौथो विश्व महिला सम्मेलनले अपनाएको बेइजिङ घोषणापत्र, सन् २०१५ को दीगो विकास लक्ष्य,  युवा,  शान्ति र  सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव २२५० लगायतका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरूको कार्यान्वयनमा सम्मेलनल जोड दिएको छ ।