Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २५ आइतबार
  • Sunday, 09 August, 2020
काठमाडौं
२०७६ पौष १८ शुक्रबार ०६:५१:००
अर्थ

वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकको रक्तदान

काठमाडौं
२०७६ पौष १८ शुक्रबार ०६:५१:००

महिनाभर सामाजिक काम गर्ने बैंकको घोषणा       

ग्लोबल आइएमई बैंकले १३औँ वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको छ । बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४ सय ७७ जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।       

कार्यक्रममा बैंकका सेयरधनी, ग्राहक तथा कर्मचारीले रक्तदान गरेका थिए । बैंकको केन्द्रीय कार्यालयको आयोजनामा बैंकको कान्तिपथ शाखा तथा प्रदेश नं. १ को विराटनगर शाखा, प्रदेश नं. २ को जनकपुर शाखा, प्रदेश नं. ३ को नारायणगढ र चितवन भण्डारा शाखा, गण्डकी प्रदेशको पोखरा न्युरोड शाखा, प्रदेश नं. ५ को बुटवल चौराहा शाखा र नेपालगन्ज शाखामा कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।     

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा १७ पुसदेखि एक महिनासम्म विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्ने जानकारीसमेत दिएको छ । हाल बैंकले २६६ शाखा, ३४ वटा राजस्व संकलन तथा एक्सटेन्सन काउन्टर, २५९ एटिएम एवं २४६ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्पmत वित्तीय गर्दै आइरहेको छ ।